बखतियार अलि–
सर्लाही २० जेष्ठ ।
सर्लाही जिल्ला लगायत प्रदेश नं. २ का विभिन्न जिल्लामा ६ हजार पर्ने चुल्हा र सिलिण्डर ३५ सयमा दिने भन्दै पैसा ठगी गर्दै हिडने एकजना महिलालाई सर्लाही प्रहरीले आज पक्राउ परेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटबाट नेपाल लाईफ सेटल च्यारिटी ट्रष्ट नामक संस्था दर्ता गराई सर्लाहीको गोडैता नं.पा.वार्ड नं.३ घर भई बस्ने शम्भु महतोका श्रीमती राजरानी कुशवाहालाई ठगिको आरोपमा प्रहरीले आज पक्राउ गरेको हो । आरोपित महिला कुशवाहा लगायतका केहि समुहले सोझासाझा गरिब जनताहरुलाई प्रलोभनमा पारी ६ हजारको सामान ३५ सयमै दिने भन्दै पैसा उठाएर फरार भएका थिए ।
No comments:
Post a Comment