Monday, June 8, 2020

मधवनगोठमा अज्ञात समूह द्वारा १ युवक माथि छुरा प्रहार

 मध

लोकतन्त्र समाचारदाता----
सर्लाही ,जेष्ठ २६ ।
    सर्लाहीको विष्णु गाउँपालिकामा सोमबार राति सर्लाहीमा  एक युवामाथि छुरा प्रहार भएको छ । जिल्लाको  नेपाल भारत सिमानाकामा  पर्ने विष्णु गाउँपालिका वडा न–३ स्थित मधुवनगोठमा एक २३ वर्षिय युवक रुपेश साह माथि  अज्ञात समुहले छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एव प्रहरी नायव उपरीक्षक मदन कुवँरले जनाएको छ ।
  प्रनाउ कुवँरका अनुसार आइतवार राति करिब १ बजेको समयमा आफ्नै घरमा सुतिरहेको अवस्थामा केही  हतियारधारी व्यक्तिको समूहले साह माथि धारिलो छुरा प्रहार गरि गम्भीर घाइते बनाएको हो  ।छुरा प्रहारबाट  साहको शरिरको  पाँच ठाउँमा काटिएको प्रनाउ कुवरले लोकतन्त्रलाई बताएको छ । गम्भीर घाइते साहको उपचार सर्लाहीमा सम्भव नभएपछि बिरगंज लगिएको छ ।
     घटना स्थलबाट एक थान पेस्तोलको गोली समेत बरामद भएको छ । घटना सम्बन्धमा आवश्यक अनुसंधान भईरहेको सर्लाहीका प्र ना उ  कुँवरले जानकारी दिएको छ ।

No comments:

Post a Comment