Monday, June 8, 2020

एउटा सानो लापरवाहीले पुरै गाउँ कोरोना संक्रमित हुने सम्भावना

 

संक्रमितले माछामारेर बिक्री गरेपछि गाउँभरी त्रास, गाँउलाई शिल गर्ने तयारी

महोत्तरी ,जेष्ठ २६ ।
    तीनदिन अघि महोत्तरीको बर्दिबास नगरपालिकाको क्वारेन्टाइनबाट १२ जनालाई घर पठाइयो । घर पठाएका मध्यबाट बर्दिबास नगरपालिका –१२ बिजलपुरा जुडी टोलका एक युवकमा घर पुगेपछि कोरोना संक्रमण पुष्टि भयो । संक्रमित युवक करीब एक सय बढीको सम्पर्कमा आएको देखिपछि गाउँमा त्रास फैलिएको छ ।
संक्रमित  एक युवकले गाउँ नजिकेको झिलमा माछामारेर ल्याई गाउँलेलाई बिक्री गरेको खुलेको छ । उनको सम्पर्कमा आएका ७० जनाको पहिचान गरिएको बर्दिबास नगरपालिका स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु यादवले जनाए । सबैलाई होमक्वारेन्टाइनमा बस्न भनिएको छ । कोरोना भाईरसका कारण विश्व नै लकडाउन रहेको बेला  एक युवा भारतको अहमाबादबाट लुिकछिपी नेपाल आएका थिए । 
‘जेठ १० गते गाउँ आएका २५ बर्षीय ती युवकलाई गाउँलेले बर्दिबास नगरपालिकाले संचालन गरेको क्वारेन्टाइनमा पठाएका थिए । उनको जेठ १२ गते पिसिआरको लागि श्वाब संकलन गरिएको थियो । पिसिआर विधिबाट कोरोना परिक्षणका लागि लिएको श्वावको नतिजा आउन ढिलाई भएपछि क्वारेन्टाइनमा बस्नेले खाना नखाएर होहल्ला गरेका थिए,’ श्रोतले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीको निर्देशनमा १० दिन वा सो भन्दा बढी क्वारेन्टाइनमा बसेकाहरुको पिसिआर रिपोर्ट नआएपछि आरडिटी गरेर घर पठाउन परिपत्र गरिएको थियो । त्यसपछि १२ जनालाई जेठ २३ गते घर पठाएको थियो । घर पठाइएका १२ जना मध्ये एक युवकलाई घर पठाएको दुई दिनपछि पिसिआरको रिपोर्ट पोजेटिभ आएको बर्दिबास नगरपालिकाका स्वास्थ्य उपसंयोजक रामबाबु यादवले जनाए ।
संक्रमित युवकलाई पिसिआरको रिपोर्ट नआएसम्म सात दिन होमक्वारेन्टाइनमा बस्न भनेर घर पठाइएको थियो ।
तर, ती युवक घर गएको भोलीपल्टै माछामार्न गाउँ नजिकैको झिलमा पुगेका थिए ।  उनी सगै गाउँको एक दर्जन महिला तथा पुरुषहरुको पनि माछा मार्न पुगेका थिए । उनले मारेर ल्याएको माछा किन्न गाउँका झण्डै ७०–८० जनाभन्दा बढी सम्पर्कमा पुगेका थिए  ।संक्रमित युवकले गाउँलेलाई सुर्ती मलेर पनि खुवाएको खुलेको छ ।
संक्रमित युवकलाई जिल्ला अस्पताल जलेश्वरको आइसोलेसनमा पठाइएको छ । सरकारकै नियम अनुसार क्वारेन्टाइमा बसेकाहरुलाई आरडिटी गरेर घर पठाइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीका सीडिओ कृष्णबहादुर कटुवालले बताए । संक्रमित युवकलाई खान, बस्न व्यवस्था गरिएको उनले बताए ।
संक्रमित युवालाई आजै आइसोलेशनमा पठाएको छ भने, संक्रमित युवा संग बस्ने एक जना बर्दिबासस्थित एक बैंकमा पैसा निकाल्न गएको खुल्न आएको छ । संक्रमित युवालाई मोटरसाइकलमा घरसम्म पु¥याएका उनको भाई महोत्तरीको बलवास्थित आफन्ता कहाँ नुवार(छठीयार)को भोज खान गएको खुलेको छ । ‘बाहिर गएका दुबै जनालाई घरमा आएर बस्न भनेका छौं,’ बर्दिबास नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक  यादवले भने ।
संक्रमित युवकको कोरोनाको (पिसिआर) रिपोर्ट जेठ २५ गते पोजेटिभ रिपोर्ट आएपछि उनलाई नजिकैको विद्यालयमा बस्न बर्दिबास स्वास्थ्य शाखाले उनलाई अनुरोध गरेको थियो ।तर, ती युवकले एक घण्टा स्कूलमा बसेर राती घरमै सुतेका थिए । सोमबार बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाको टोली कोरोना संक्रमित युवाको गाउँ पुग्दा ती युवक आफ्नै घरमा बसिरहेका थिए । 
बर्दिबास नगरपालिका–१२ का वडा अध्यक्ष रामकिशोर साहले संक्रमित युवाको सम्र्पकमा आएका सबैलाई तुरुन्तै क्वारेन्टाइनमा राख्नु पर्ने आवश्यकता रहेपछि वडामा क्वारेन्टाइनको व्यवस्था नभएको उनले बताए ।
‘कसरी सबैलाई क्वारेन्टाइमा राख्ने वडामा सुबिधा छैन् । यसका लागि नगरपालिकाले कदम चाल्नु पर्छ,’उनले भने ।
बर्दिबास नगरपालिका मेयर बिदुर कुमार कार्कीले गाउँलाई शिल गर्ने तयारी भइरहेको बताए ।
महोत्तरी पोष्टबाट.....

No comments:

Post a Comment