Sunday, June 14, 2020

सर्लाहीमा आज(आइतबार ) ६ जनामा कोरोना संक्रमण पुष्टि

 ५ सय जनाको रिपोर्ट आउन बाँकी 



सर्लाही ,जेष्ठ ३२
     सर्लाहीमा आज ६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौंमा पीसीआर विधीबाट स्वाब परीक्षण गराउँदा हरिपुर नगरपालिकाका ५ जना र बरहथवा नगरपालिकाका १ जनामा संक्रमण पुष्टी भएको हो । छिमेकी मुलुक भारतबाट आएर सम्वन्धित पालिकाको क्वारेन्टाइनमा रहेकाहरुमा संक्रमण पाइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी गराएका छन् ।यो सँगै सर्लाहीमा कुल कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ ।
आइतवार थपिएका ६ जना समेत गरी सर्लाहीमा कुल कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । सर्लाहीका अधिकांश कोरोना संक्रमित भारतबाट फर्किएकाहरु छन् । हिजोआज भने भारतबाट आउनेको संख्या निकै न्यून रहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।
सर्लाहीमा एकैदिन ६÷७ सय सम्म मानिस भारतबाट आएका भएपनि अहिले भने त्यो संख्या कम रहेको छ । प्रजिअ जिसीले शनिवार दिनभर र राती समेत गरी १७ जना भारतबाट जिल्ला भित्रिएका बताए ।
सर्लाहीमा क्वारेन्टाइनमा बस्नेहरुको संख्या पनि कम हुँदै गएको छ । अहिले ८ सय जना जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसिरहेका छन् । दुई साता भन्दा बढी क्वारेन्टाइनमा बसेकाहरुलाई होम क्वारेन्टाइन बस्न आग्रह गर्दै घर पठाउन थालिएको छ ।
यस्तै सर्लाहीबाट स्वाब संकलन गरेर परीक्षण गर्न टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएकोमध्ये अब झण्डै पाँच सय जनाको रिपोर्ट आउन बाँकी रहेकोको छ ।

No comments:

Post a Comment