Wednesday, June 3, 2020

सवारी दुर्घटनामा टिपर खलासीको मृत्यु



लोकतन्त्र समाचारदाता-----
सर्लाही ,जेष्ठ २१ ।
     सर्लाहीको इश्वरपुर नगरपालिका वडा न- ५ स्थित फुलजोरमा मंगलबार  बिहान टिपर र ट्रेक्टर एकआपसमा ठोक्किंएर  दुर्घटना हुँदा टिपरका खलासी(सहचालक)को मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्ला कटारी नगरपालिका वडा न-७  घर भएका २३ वर्षीय सुजन दनुवार  रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
    फुलजोर चौक स्थित भित्री सडकमा फुलजोरबाट बयलबास तर्फ आउँदै गरेको ना ८ ख ३०९३ नम्बरको टिपर र विपरीत दिशा तर्फबाट आइरहेको ना ४ त ४१२५ नम्बरको ट्रेक्टर एकआपसमा ठोक्किएर टिपर अनियन्त्रित भइ पल्टिँदा चालक उदयपुर जिल्ला कटारी नगरपालिका -६ बस्ने २४ वर्षिय विष्णुबहादुर दनुवार र सोही नगरपालिक वडा न -६ बस्ने सहचालक सुजन दनुवार घाइते भएका छन् । घाइते दुवैको रानीगंज स्थित त्रिदेव अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि जिल्ला अस्पताल मलंगवा ल्याउने क्रममा सहचालक सुजन दनुवारको बाटोमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एव प्रहरी नायव उपरीक्षक मदन कुवँरले जनाएको छ । टिपर चालक विष्णुबहादुर दनुवारको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुवँरले बताएको छ ।
     दुर्घटनामा संलग्न ट्रेक्टरका चालक ईश्वरपुर नपा वडा न-६ बस्ने वर्ष ४९ का रामप्रसाद महरालाई प्रहरीले हिरासतमा लिएर थप अनुसंधान अगाडी बढाएको छ ।दुर्घटनाग्रस्त टिपर र ट्रेक्टर घटना स्थलमै रहेको प्रहरीले बताए ।

No comments:

Post a Comment