Tuesday, June 16, 2020

कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्न सरकार असफल सिद्ध भएको नेपाली काँग्रेस सर्लाहीको आरोप ,यसको समुचित व्यवस्था मिलाउन प्रजिअ मार्फत प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र पठाइयो


मनोज यादव-----

सर्लाही ,जेष्ठ २
     प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न सरकारले अहिले चालेको कदम पुर्ण प्रतिकुल र असफल सिद्ध भएको बताउँदै सबै जिल्लाबाट उक्त रोगको नियन्त्रण  र तुरुन्तै आवश्यक प्रबन्धका लागि जनहितमा माँगको साथै समुचित व्यवस्था मिलाउन भन्दै नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय सर्लाहीले आज (मंगलबार )सर्लाहीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र पठाएको छ । गत जेष्ठ २६ गते पार्टीको केन्द्रीय कार्यसमितिको बसेको बैठकको निर्णय अनुसार प्रजिअ मोहनबहादुर जिसी मार्फत प्रधानमन्त्री ओलीलाई विशेष ज्ञापनपत्र पठाएको हो ।
    विज्ञप्तिमा  सरकारको अक्षमताका कारण मुलुकमा कोरोना महामारी भयावह बनेको भन्दै यसलाई  नियन्त्रणमा लिन र यसबाट उन्मुक्तिका लागि अविलम्ब कदम चाल्न  ज्ञापनपत्र मार्फत १० वटा सुझाव सहितको मागहरु प्रस्तुत गरेको छ । पार्टीले कोभिड १९ को नियन्त्रण र जनताको स्वास्थ्य सुरक्षाको लागि आवश्यक पर्ने सबै सामाग्रीको तत्काल आपुर्ती, मापदण्डअनुसार  क्वारेन्टाइनको उचित व्यवस्थापन र संचालन ,विश्वसनीय प्रविधिबाट बढीभन्दा बढी नागरिकको परिक्षणको व्यवस्था ,कोरोना संक्रमणको उपचारकालागि डेडिकेटेड अस्पताललाई आवश्यक उपकरण ,सामाग्री ,औषधी ,स्वास्थ्यकर्मीको सुरक्षा सामाग्री ,आइसोलेसन बेड र जनशक्तिको अविलम्ब व्यवस्था ,राष्ट्र विपत्तिमा रहेको बेला स्वास्थ्य सामाग्री खरिद जस्तो विषयमा निरन्तर भ्रष्टाचार कमिसनको जालो भइरहनु निर्लज्ताको पराकाष्ठा भएको बताउँदै यसको नियन्त्रण गर्ने कार्यका लागि १० अर्ब रुपैया खर्च भएको भनिएकोले सो खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्नु पर्ने साथै भ्रष्टाचार ,अनियमितता बारे छानबिन गरि तत्काल सार्वजनिक रुपमा जानकारी गराउनुपर्ने ,श्रमिक,बेरोजगार , विद्यार्थी ,अपाङ्गता भएका नागरिक र एकल महिला लगायतलाई न्यायोचित ढंगले राहत वितरणको व्यवस्था गर्नुपर्ने ,विदेशमा विचल्लिमा परि घर आउन चाहने नेपाली नागरिकहरुलाई सुरक्षित तवरले मर्यादापुर्वक अविलम्ब स्वदेश ल्याउने व्यवस्था गर्नुपर्ने ,देश भित्र र बाहिर लाखौं नेपालीहरुले रोजगारी गुमाएको वर्तमान अवस्थामा देशमै रोजगारीको सिर्जना गर्न, जीवन निर्वाहको चुनौतिबाट गुजि्ररहेको वर्तमान अवस्थामा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बीउ बिजन र रसायनिक मलको सहज उपलब्धता ,कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदान मार्फत कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पुर्याउन तथा देशका ठुला साना उद्योग , व्यापार ,व्यवसाय ठप्प भएको अवस्थामा साना ठुला उद्योग ,व्यापार ,व्यवसायको संरक्षण र तमाम श्रमिक ,मजदुर ,उद्यमीहरुको सहयोगलाई उच्च प्राथमिकतामा राखेर ठोस राहत प्याकेजको घोषणा गर्नुपर्ने सुझाव सहितको मागहरु समेटिएको छ ।
    नेपाली काँग्रेस जिल्ला कार्यालय सर्लाहीका जिल्ला सभापति एवं संघीय सांसद नागेन्द्र कुमार यादव द्वारा हस्ताक्षरित विशेष ज्ञापनपत्र बुझाउन पार्टीका पुर्व जिल्ला  सभापति लक्षमण राय,केन्द्रीय सदस्य एवं पुर्व सांसद जंगीलाल राय,केन्द्रीय सदस्य एवं पुर्व मन्त्री शम्भुलाल श्रेष्ठ ,पार्टीका जिल्ला उपसभापति सुरेन्द्र प्रसाद सिंह ,कृष्णदेव यादव , नगर सभापति चन्द्रकिशोर साह लगायतका नेताहरु आज दिउँसो जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

No comments:

Post a Comment