धनकौलमा नेकपा र काँग्रेस कार्यकर्ता बीच झडप , गोली चल्यो
----थप विवरण आउन बाँकी-----
लोकतन्त्र समाचारदाता---
सर्लाही, असार १४
आज साँझ सर्लाहीको उत्तर -पश्चिम क्षेत्रमा पर्ने धनकौल गाउँपालिकामा सत्तारूढ नेकपा र विपक्षी नेपाली काँग्रेसका कार्यकर्ताहरु बीच दोहोरो झडप भएको छ । झडपको क्रममा गोली चल्दा दुवै तर्फका कयौं कार्यकर्ताहरु घाईते भएका छन् ।
दुवै पार्टीका कार्यकर्ताहरु बीच भएको झडपको क्रममा गोली चल्दा गोलीको छर्रा लागेर केही ब्यक्तिहरु घाइते भएको र घाइतेहरु मध्ये केहीको बरहथवा स्थित स्वास्थ्य संस्थामा र केहीलाई उपचारको लागि बिरगंज तर्फ पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी गराउनुभयो ।
घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रजिअ जिसीले बताउनु भयो ।
No comments:
Post a Comment