Friday, June 5, 2020

अबदेखि हप्ताको ३ दिन बिहान १० देखि ५ बजेसम्म मलंगवा बजार खोल्न पाउने ।बैकहरु प्रत्येक दिन खुल्ने



मनोज यादव-----
सर्लाही ,जेष्ठ २३ ।
     सर्लाही जिल्लामा कोरोना भाइरस संक्रमणको वर्तमान अवस्था र नागरिकको जनजिवनलाई सामान्य बनाउनुपर्ने आवश्यकतालाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्म भौतिक दुरी कायम गर्ने आवश्यक व्यवस्था मिलाइ आइतवार देखि मलंगवा बजार खुल्ने निर्णय भएको छ । 
   जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी,मेयर निरसल साह,प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी,जिल्ला समन्वय अधिकारी होमनाथ सुवेदी ,प्रहरी उपरीक्षक विश्वमणी पोखरेल ,सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ ,उप-अनुसंधान निरिक्षक दिलिप सिंह,नेपाली सेनाका सेनानी राजेन्द्र गुरुङ ,जिल्ला अस्पताल सर्लाहीका ब.मे.सु  संजिव कुमार सिंह,जिल्ला स्वास्थ्य कार्यालयका नि.प्रमुख ज्ञानेन्द्र सिंह,उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष विरेन्द्र साह र नेकपा नेता जितेन्द्र कुशवाहा सम्मलित  कोरोना भाइरस (कोभिड १९)को संक्रमण ,रोकथाम  नियन्त्रण तथा उपचार लगायतका कार्यहरु प्रभावकारी ढंगले छिटो ,व्यवस्थित र समन्वयात्मक रुपमा गर्नको लागि जिल्ला स्तरमा गठित जिल्ला स्तरिय संरचनाको शुक्रवार बसेको बैठकले आइतवारदेखि मलंगवा बजार खोल्ने निर्णय गरेको हो ।बैठकमा भएको निर्णय अनुसार औषधि ,पेट्रोलियम पदार्थ र दुधजन्य पदार्थ बिक्रीवितरण गर्ने पसल प्रत्येक दिन खुल्ला रहने,बैंक तथा वित्तीय संस्थाहरु पनि प्रत्येक दिन खुल्ला रहने ,खाद्यान्न सामाग्रीहरुको बिक्रीवितरण गर्ने पसलहरु हप्ताको ३ दिन आइतवार,सोमबार र मंगलबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ला रहने ,होटलहरु र मदिराजन्य पदार्थ बिक्रिवितण गर्ने पसलहरु बाहेेकका अन्य पसलहरु बुुधबार,बिहिबार र शुुक्रबार बिहान १० बजे देखि बेलुुका ५ बजेेेसम्म खुला रहने तथा  मलंगवा नपा वडा न-४ स्थित शिवसागर बजार र वडा न-२ (पब्लिक स्कुल) स्थित झण्डा बजारको तरकारी बजार साँझ ४ बजेदेखि साँझ ७ बजेसम्म खुल्ला रहने छ ।
     लामो समयसम्म लकडाउन र स्थानीयबासी तथा ब्यापारीहरुको चौतर्फी दवाबका कारण थलिएको  व्यापार र जनजिवनलाई पुनः ट्रयाकमा ल्याउन यस्तो निर्णय भएको बताइएको छ ।जिल्लाका अन्य स्थानीय तहले पनि अवस्थालाई ध्यानमा राखेर आवश्यक निर्णय गरि बजार व्यवस्थापन गर्नका लागि जिल्ला समन्वय समितिको कार्यालय मार्फत निर्देशन दिइसकेको सभापति चौधरीले बताउनुभएको छ ।

No comments:

Post a Comment