Wednesday, June 10, 2020

दलित हत्याकाण्डको छानबिनको विषयलाई लिएर सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र



लोकतन्त्र समाचारदाता----
मलंगवा जेष्ठ २८ ।
     विभिन्न ८ बुँदे मागहरु  राखेर  संयुक्त दलित न्यायिक संघर्ष समिति सर्लाहीले प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी मार्फत   प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।
    मंगलबार संघर्ष  समितिका संयोजक राजाराम पासवानको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमै पुगेर बुझाइएको  ज्ञापन पत्रमा रुकुम पश्चिम घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारवाही गर्न, घटनामा जो दोषी भएपनि हिरासतमा लिएर कारवाही अघि बढाउन, मृतकका परिवार र घटनाका घाईतेहरुलाई उचित ढंगबाट निःशुल्क औषधि उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न, जातिय छुवाछुत सम्वन्धि ऐन, कानुन विभिन्न अतराष्ट्रिय सम्झौताहरु यथाशीघ्र कार्यान्वयन गराउन  माग गरिएको छ ।
   रुकुम पश्चिममा नवराज विक लगायत ६ जनाको हत्या भएपछि सर्लाही सहित देशभरका दलित अधिकारकर्मीहरु अहिले चरणवद्ध रुपमा आन्दोलनमा लागेको अधिकारकर्मी  राजेश पासवानले बताए ।

No comments:

Post a Comment