Tuesday, June 9, 2020

आफ्नो घर अगाडि खेलिरहेका बालकलाई मोटरसाइकलले ठक्कर दियो ।



लोकतन्त्र समाचारदाता------
सर्लाही ,जेष्ठ २७ ।
    सर्लाहीको बागमती नगरपालिका वडा न-५ मुर्ली चौक भन्ने ठाउँमा मोटरसाइकलले ठक्कर दिंदा एक बालक गम्भीर घाइते भएको छ ।
    बागमती नपा वडा न-५  स्थित भित्री सडक खण्डमा आफ्नै घर अगाडि खेलिरहेका स्थानीय प्रविण राईका ५ वर्षका छोरा सम्बर राईलाई  राजघाटबाट बरहथवा तर्फ आउँदै गरेको ना २४ प २३४७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।ठक्करबाट टाउको, छातीको दायाँ बायाँ भाग र गालामा चोटलागेर  घाइते भएका बालक राईलाई तत्कालै  सोही ठाउँको एक स्थानीय स्वास्थ्य संस्थामा पुर्याएर उपचार सुरु गरिएको छ ।हाल उपचारार्थ अवस्थामा रहेका  बालकको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।मोटरसाइकल र त्यसका चालकलाई हिरासतमा लिएर अनुसंधान भइरहरेको छ ।

No comments:

Post a Comment