Sunday, June 14, 2020

असार १ देखि एफएम रेडियो, टेलिभिजन र इन्टरनेट सेवा मार्फत् पढ्न‍ पाइने


असार १ गतेदेखि रेडियो र टीभीबाट पढ्न‍ पाइने, यस्तो छ समय तालिका
काठमडौँ, जेष्ठ ३२
     लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि एफएम रेडियो, टेलिभिजन र इन्टरनेट सेवा मार्फत् सरकारले पढाउन सुरु गर्ने भएको हो । गत चैतदेखि नै लकडाउनका कारण स्कुल, कलेजहरु बन्द छन् ।
उनीहरुलाइ शिक्षाबाट वञ्चित नगर्न शिक्षा मन्त्रालयले असार १ गतेदेखि रेडियो, टीभी र इन्टरनेटको पहुँच तथा उपलब्धताका आधारमा पढ्ने व्यवस्था मिलाएको हो । सरकारी विद्यालयहरुका लागि शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले तालिका बनाएर सार्वजनिक गरेको छ ।
कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि समय तालिका तय गरिएको छ । असार पहिलो र दोस्रो हप्ता (१ गतेदेखि १२ गतेसम्म) का लागि नेपाल टेलिभिजनको एनटीभी प्लस र  विषयगत पाठ पढाइ हुनेछ । यस्तै कक्षा ९ र १० को विषयगत पाठ भने डिस होम, नेट टीभी, म्याक्स टीभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शिक्षा केन्द्रले जनाएको छ ।
 योहो खबर

No comments:

Post a Comment