Tuesday, June 30, 2020

प्रस्तावित नागरिकता विधेयक खारेजीको माग गर्दै जनता समाजवादी द्वारा प्रदर्शन



लोकतन्त्र समाचारदाता----
सर्लाही ,असाढ १६
    संसोधनका लागि प्रस्तावित  नागरिकता  विधेयक खारेजीको माँग गर्दै जनता समाजवादी पार्टी नेपालले आज सर्लाहीको सदरमुकाम मलंगवामा र्याली सहित विरोध प्रदर्शन गरेको छ ।
     जिल्ला प्रशासन कार्यालय अगाडिको तिनबिघे मैदानबाट  सुरु भएको विरोध र्याली नगरका विभिन्न स्थानको परिक्रमा गर्दै पुनः तिनबिधे मैदानमा  पुगेर कोण सभामा परिणत भएको थियो। विरोध र्यालीमा सहभागी नेता तथा  कार्यकर्ताहरुले  ‘संशोधित नागरिकता विधेयक खारेज गर’, ‘केपी ओली सरकार राजनीमा देऊ’ लगायतका नारा लगाएका थिए ।र्यालीमा पार्टीका तर्फबाट  संघीय सांसद प्रमोद साह, प्रदेश २ का मन्त्री रामनरेश राय,प्रदेश मामिला सभापति एवं सांसद अशोक कुमार यादव लगायत विभिन्न पालिकाका प्रमुख ,उपप्रमुख ,जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
    उक्त विरोध प्रदर्शनमा स्थानीयबासीहरुले समेत सहभागीता जनाएका थिए ।


No comments:

Post a Comment