Friday, June 26, 2020

हरिपुर्वा बाहेक सर्लाहीका १९ वटा स्थानीय तहहरुको नगर तथा गाउँसभा सम्पन्न



लोकतन्त्र समाचारदाता----
सर्लाही ,असाढ १२
     सर्लाहीका २० वटा स्थानीय तहहरु मध्ये १९ वटा स्थानीय तहरुले आर्थिक वर्ष २०७७/०७८ को लागि नगर तथा गाउँसभा मार्फत  नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।
     जिल्लाको  हरिपुर्वा नगरपालिका बाहेक सदरमुकाम मलंगवा ,लालबन्दी , कविलासी, बरहथवा, हरिवन,गोडैता नगरपालिका तथा  चन्द्रनगर, चक्रघट्टा गाउँपालिका  लगायतका पालिकाहरुले आआफ्नो  नगर तथा गाउँसभा सम्पन्न गरेका छन्।
आर्थिक वर्ष २०७७/०७८ को लागि मलंगवा   नगरपालिकाले प्रस्तावित   ५५ करोड ४३ लाख ७२ हजार रुपैयाँ बजेटको निति तथा कार्यक्रम माथि बुधबारबाट छलफल सुरु गरेको छ ।यसैगरी लालबन्दी नगरपालिकाले ७५ करोड, १८ लाख,४८ हजार, ९ सय रुपैयाको ,बरहथवा नगरपालिकाले ६२ करोड ६ लाखको यस्तै कविलासी नगरपालिकाले ५६ कारोड, ६२ लाख ,९८ हजार, ८ सय ५६ रुपैयाको निति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
      कविलासी नगरपालिकाले आन्तरिक राजस्वबाट रु १ करोड ५ लाख, नेपाल सरकार वित्तीय समानीकरण अनुदानबाट रु १२ करोड ८२ लाख, सशर्त  अनुदानबाट १८ कारोड ४८ लाख, राजस्व बाँडफाँडबाट रु ८ करोड ३८ लाख, ६ हजार ३ सय ६०,प्रदेश सरकारबाट समानीकरण अनुदान रु ७३ लाख ३७ हजार, शसर्त अनुदान रु ८० लाख, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख, सवारी साधन करको बाँडफाँड रु ४२ लाख १५ हजार, बहुक्षेत्रिय पोषण कार्यक्रमबाट रु १४ लाख १६ हजार, सडक बोर्ड नेपालबामट रु ३० लाख, घर जग्गा रजिष्ट्रेशन दस्तुर रु २० लाख , जेष्ठ नागरिक दीर्घ सेवा सम्मान तथा समाजिक सुरक्षा कार्यक्रमबाट रु ११ करोड र गत आ.व ०७५/७६ को मौज्दात रु १ करोड ८० लाख २४ हजार ४ सय ९६ रुपैया र ३१ पैसा रहेको  उप मेयर राधा देबीले बताएकि छिन्। यसैगरी चन्द्रनगर गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को लागि  अनुमानित ५० करोड, २४ लाख २९ हजार, ७ सय ३० रुपैयाको आय व्यय प्रस्तुत गरेको गाउँपालिका अध्यक्ष  महेन्द्र महतोले जानकारी दिए ।  लालबन्दी नगरपालिकाले  ७५ करोड, १८ लाख,४८ हजार, ९ सय रुपैयाको , बरहथवा नगरपालिकाले ६२ करोड ६ लाखको नीति तथा कार्यक्रम ल्याई बजेट ल्याएको नगरपालिकाले जनाएको छ ।  
     स्थानिय तहरुले कोभिड १९ को संक्रमण लगायतका महामारी र विपदबाट नागरिकको जीवन जीवन रक्षा गर्दै जनजिवनलाई सहज र सुरक्षित बनाउने,उपलब्ध श्रोत साधन ,क्षमता र अवसरको उच्चतम परिचालन गरि रोजगारीको अवसर श्रृजना गर्दै आर्थिक विकासको गतिलाई निरन्तरता दिने,चालु आ.व का अधुरा वार्षिक योजना तथा कार्यक्रमहरुलाई निरन्तरता दिई सम्पन्न गर्ने । दिगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक कार्य गर्ने । सामाजिक ,आर्थिक र पुर्वाधार विकास मार्फत नगरवासी तथा गाउँवासीहरुको जीवनस्तर माथि उठाउने । संघ तथा प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई जोड दिने र असल शासन प्रवर्द्धन गरि स्थानीय सेवा प्रवाह प्रभावकारी बनाउने जस्ता   योजनाहरु समेटेका  छन् ।
     विभिन्न कारणहरुले गर्दा हरिपुर्वा नगरपालिकामा विकास निर्माणका  कामहरु ढिला गरि  सुरु  भएकाले १० गते भित्र नगरसभा सम्पन्न गर्न नसके पनि नगरसभाको सम्पूर्ण  तयारीहरु भैसकेकोले आगामी अषाढ २० गते भित्रै नगरसभा सम्पन्न गरिसक्ने  प्रशासकिय प्रमुख सकलदेव रायले बताउनुभयो ।


No comments:

Post a Comment