Saturday, June 13, 2020

कविलासीमा आगलागीबाट लाखौंको क्षति



लोकतन्त्र समाचारदाता----
सर्लाही ,जेष्ठ ३१
    नवलपुर-मलंगवा सडक खण्ड अन्तर्गत पर्ने सर्लाहीको कविलासी -९ मा शुक्रवार भएको आगलागीबाट झण्डै डेढलाख रुपैया बराबरको  क्षति भएको छ ।
      शुक्रवार मध्यराति करिब १२ बजेको समयमा कविलासी नपा वडा न-९ सलेमपुर स्थित स्थानीय राजेन्द्र महराको भैंसीको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आगो सल्केर महराको एउटा भैसी र  गोठ पुर्ण रुपमा जलेर १ लाख रुपैयाको क्षति भएको छ भने  छेउमै रहेको सरोज रामको घरमा रहेको २५ हजार  र बनस रामको घरमा रहेको १५ हजार रुपैयाको लत्ताकपडा जलेर खरानी हुदा एकलाख ४० हजार रुपैयाको क्षतिभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।आगलागी कविलासी प्रहरी चौकीका प्रहरी र स्थानीयहरु मिलेर दमकलको सहायताले नियन्त्रणमा लिएको जिप्रका सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुँवरले लोकतन्त्रलाई जानकारी गराएको छ ।

No comments:

Post a Comment