Sunday, June 14, 2020

सर्लाहीमा थपिए ६८ कोरोना संक्रमित , संख्या ४ सय ८१ पुग्यो



लोकतन्त्र समाचारदाता------
सर्लाही,जेष्ठ ३२
      सर्लाहीमा कोरोना संक्रमित हुनेको संख्या ४ सय ८१ पुगेको छ । शुक्रवार ५८ जना  र सनिवार १० जना गरि जम्मा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि  सर्लाहीमा यो संख्या बढेर ४ सय ८१ पुगेको हो ।शुक्रवार जिल्लाका  ८ र सनिवार ५ वटा पालिकामा कोरोना संक्रमणको पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।
    शुक्रवार सबैभन्दा बढि हरिवन नगरपालिकामा २९ जना, विष्णु गाउँपालिकामा १० जना, हरिपुर्वा नगरपालिकामा ५ जना, बसवरीया गाउँपालिकामा ४ जना, ईश्वरपुर नगरपालिकामा ३ जना, कौडेना गाउँपालिकामा ३ जना, पर्सा गाउँपालिकामा २ जना र ब्रह्म्पुरी गाउँपालिकामा २ जना गरी ५८ जनामा कोरोना संक्रमण देखिएको हो ।त्यस्तै सनिवार  सबैभन्दा बढि ईश्वरपुर नगरपालिकामा ४ जना, हरिवन नगरपालिकामा २ जना, बिष्णु गाउँपालिकामा २ जना, बागमती नगरपालिकामा १ जना र बसवरीया गाउँपालिकामा १ जना गरी १० जनामा कोरोना संक्रमण देखिएको प्रजिअ जिसीले जानकारी दिनुभएको छ।
     जिल्लामा  कोरोना संक्रमितहरुको संख्या बढिरहेको अवस्थामा पनि यहाँका नागरिकहरु  भने समाजिक दुरीको ख्याल नै नगरी खुल्ला रुपमा बजार तथा अन्य ठाउँमा भिडभाड गरेको पाईएको छ ।

No comments:

Post a Comment