Sunday, June 7, 2020

चन्द्रनगर क्वारेन्टाइन को खराब ब्यवस्थापनबाट रुष्ट भएका ब्यक्तिहरु आन्दोनमा उत्रिए



लोकतन्त्र समाचारदाता ----
     सर्लाहीका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका मानिसहरु लामो समयसम्म बस्दै आएको अवस्थामा पनि पिसिआर जाँच नभएको र जाँच भएपनि रिपोर्ट आउन ढिलाई भएको भन्दै आन्दोलित हुनथालेका छन् ।साथै उनीहरुलाई राखिएका  क्वारेन्टाइनको अवस्था दयनीय रहेको समेत गुनासो गरेका छन् ।
  भारतको विभिन्न स्थानबाट आएर  जिल्लाको चन्द्रनगर गाउँपालिका स्थित बबरगंज माविको क्वारेन्टाइनमा बसेका मानिसहरु पिसिआर परिक्षणकालागि  स्वाब लिएको ९ दिन  बितिसक्दा पनि रिपोर्ट नआएपछि  आक्रोशित बनेका हुन् । कोरोना भाइरसको परीक्षण गर्नका लागि जेठ १६ गते स्वाब कलेक्शन गरिएको थियो । रिपोर्ट आउनमा ढिलाइ भएपछि उनीहरु क्वारेन्टाइन छाडेर भाग्ने, स्वास्थ्यकर्मीलाई दुःख दिने, खाना पकाएर खुवाउने भान्सेलाई कटपिट गर्न खोज्ने हैण्ड पम्पको पाइपमा ढुङ्गा हाल्ने र ढुङ्गामुढा गर्ने जस्ता गतिविधि गर्न थालेको श्रोतले जनाएको छ ।
    क्वारेन्टाइनको व्यवस्थापन प्रति रुष्ट भएका केही ब्यक्तिहरुले गाउँपालिका प्रमुख महेन्द्र महतोलाई समेत दुर्ववहार गरेको श्रोतले बताएको छ ।

No comments:

Post a Comment