Saturday, June 27, 2020

मोटरसाइकलको ठक्करबाट सलेमपुरमा एक पुरुषको मृत्यु




लोकतन्त्र समाचारदाता----
सर्लाही ,असाढ १३
     सर्लाहीको कविलासी नगरपालिका-१०  स्थित सलेमपुरमा  मोटरसाइकलको ठक्करबाट एक ७० वर्षिय वृद्धको  मृत्यु भएको छ।
     नवलपुर- मलंगवा सडक खण्ड अन्तर्गत कविलासी न.पा स्थित सलेमपुर र गम्हरियाको बिचमा पर्ने चमेली माईको मन्दिर नजिक सदरमुकाम मलंगवा तर्फबाट आइरहेको बा १० प ४४८१   नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री नामथर र वतन नखुलेको ७० वर्षिय वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। शुक्रवार अपराह्न ४:३० बजे मलंगवा न.पा वडा न-५ निवासी मोहम्मद गैसले चलाएको  मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका वृद्धको सर्लाही अस्पताल मलंगवामा प्राथमिक उपचार गरि थप उपचारको लागि बिरगंज तर्फ लाने क्रममा बाटोमै मृत्यु भएको जिप्रका सर्लाहीका  प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिए ।
    सोही दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मो.गैसको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको र मृतक वृद्धको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको डिएसपी कुवँरले लोकतन्त्रलाई बताएको छ ।दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीको नियन्त्रणमा राखिएको छ ।


No comments:

Post a Comment