Monday, June 15, 2020

हरिपुर्वामा टिपरले किचेर एक बृद्धको मृत्यु



लोकतन्त्र समाचारदाता----
सर्लाही ,असार १
      सर्लाही हरिपूर्वामा टिपरले किचेर एक वृद्धको मृत्यु भएको छ ।मृत्युु हुनेमा हरिपुर्वा नगरपालिका वडा न-९ बसन्तपुर स्थित  मिर्चैया टोल बस्ने अन्दाजी ७० वर्षिय वृद्ध सिघेंश्वर राय रहेका छन् ।
      आज(सोमबार )बिहान   मृतक राय आफ्नो खेतमा लगाएको  मकै बालीको रखवाली गर्न खेत नजिकै सडक छेउमा  पाल लगाएर सुतिरहेको अवस्थामा ना ८ ख ५३९५ नम्बरको टिपरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ। वृद्धलाई किचेर फरार भएका टिपरका चालकको पत्ता लगाइ  क्षतिपूर्ति सहित चालक उपर कार्यवाहीको माग गर्दै आफन्तहरुले  केही घण्टा बाँके -संग्रमपुर सडक जाम गरेका थिए ।  ठक्कर दिएर फरार भएका  टिपर चालकलाई खोजी गरेर प्रहरीले नियन्त्रणमा लिएर  आवश्यक कारवाही प्रकृया अगाडी बढाईएको प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले लोकतन्त्रलाई बताए ।
     मृतकको शव पोस्टमार्टमकालागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।

No comments:

Post a Comment