Wednesday, June 10, 2020

सर्लाहीमा संक्रमित हुनेको संख्या ४ सय १३ पुग्यो

सर्लाहीमा बुधबार २७ जना  संक्रमित  थपिएको छ


लोकतन्त्र समाचारदाता
सर्लाही,२८ जेठ । सर्लाहीमा आज फेरी थप २७ जनामा कोरोेना संक्रमण पुष्टि भएको छ । यो सँगै सर्लाहीमा संक्रमित हुनेको संख्या ४ सय १३ पुगेको छ । २७ जना संक्रमितहरु रामनगर,चन्द्रनगर, कौडेना गाउँपालिका र कविलासी नगरपालिकाका रहेका छन ।

रामनगरमा १० जना, चन्द्रनगर १० जना,कौडेना गाउँपालिकाका २ जना र कविलासी नगरपालिकामा ५ जना गरी जम्मा २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।
हिजो मंगलवार मात्रै हरिवन नगरपालिकामा ८ जना, हरिपुर्वा नगरपालिकामा ७ जना, कविलासी नगरपालिकामा १ जना र कौडैना गाउँपालिकामा १ जना गरी १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो।
सोमबार सम्मा सर्लाहीमा संक्रमितको संख्या ३ सय ६९ थियो ,मंगलवार १७ जना र आज २७ जना गरी सर्लाहीमा कोरोना भाईरस संक्रमितको संख्या बढेर ४ सय १३ पुगेको प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।
संक्रमितहरु अधिकांस भारतको विभिन्न ठाउँबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा नै बसिरहेको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए ।
सर्लाहीमा २० स्थानिय तह मध्ये लालबन्दी बाहेक सबै नगरपालिका र गाउँपालिकामा कोरोना संक्रमित बिरामीको पुष्टि भइसकेको छ ।

No comments:

Post a Comment