Monday, June 29, 2020

ताजा अपडेेट.... रामगर हत्याकाण्डको विषयमा धनकौकमा नेकपा र काँग्रेस कार्यकर्ता बीच झडपको विस्तृत विवरण

ताजा अपडेेट....
 


मनोज यादव----
सर्लाही, असार १५
     आइतवार साँझ सर्लाहीको उत्तर -पश्चिम क्षेत्रमा पर्ने  धनकौल गाउँपालिका वडा न-३ मा सत्तारूढ नेकपा र विपक्षी नेपाली काँग्रेसका  कार्यकर्ताहरु बीच दोहोरो झडप भएको छ । झडपको क्रममा गोली चल्दा दुवै तर्फका कयौं  कार्यकर्ताहरु घाईते भएका  छन् ।
   दुवै पार्टीका कार्यकर्ताहरु बीच भएको झडपको क्रममा गोली   चल्दा गोलीको छर्रा लागेर १० जना भन्दा बढी ब्यक्तिहरु घाईते भएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिनुभयो । झडपमा लठी पनि चलेको र सो को प्रहारबाट  ४ जना स्थानीय ब्यक्तिहरु पनि घाईते भएको उहाँले जानकारी दिनुभयो । उक्त  झडपमा २ जना प्रहरी कर्मचारीहरु समेत घाईते भएको उहाँले ले बताउनुभयो ।झडपको क्रममा  घाइते हुनेहरुमा धनकौल वडा नं. २ रणधीर रंजन बर्मा, बैधनाथ सहनी र लक्ष्मण साह, वडा नं. ३ का रामचन्द्र हजारी ,नागेश्वर सहनी, महबुब अन्सारी, राकेश कुमार सिंह, रामविनय हजारी, बिलास राय, विजय साह, अरविन्द सिंह, सुनिल महतो, विजय साह, शेख इन्ताज, सुनिल साह, नितेश सिंह, संजित यादव र अरुण यादव रहेका छन् । झडप नियन्त्रणमा लिन प्रहरी द्वारा ४ राउण्ड आँशु ग्यास पनि प्रहार गरिएको छ ।
    धनकौल गाउँपालिकाका स्थानीय प्रत्यक्षदर्शीका अनुसार रामनगर गाउँपालिकाको बहुअर्वामा भएको  नेकपा कार्यकर्ताको हत्याको बिरोधमा धनकौल गाउँपालिकामा आइतवार साँझ   निकालिएको मसाल जुलुसमा स्थानीय काँग्रेसका कार्यकर्ताले गोली चलाएपछि झडप सुरु भएको हो । झडप तथा गोली प्रहारबाट नेकपाका  कयौं नेता तथा कार्यकर्ताहरु घाइते भएको बताइएको छ । सामान्य  घाईतेहरुको बरहथवा स्थित निजी स्वास्थ्य संस्थामा उपचार भईरहेको छ भने गम्भीर घाईतेलाई बीरगंज तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
    यता नेपाली नेपाली काँग्रेसका नेता एवं प्रदेश न-२ सांसद बिरेन्द्र सिंहले सुरुमा नेकपाका कार्यकर्ताहरुले नै आफ्ना कार्यकर्ता माथि आक्रमण गरेको  आरोप लगाएको छ । नेकपाका कार्यकर्ताले निकालेको मसाल जुलुस स्थानीय काँग्रेस कार्यकर्ता धिरु वर्माको घर अगाडी पुगेर टायर बालेको  साथै कुटपिट गरेको सांसद सिंहको भनाई छ । नेकपा कार्यकर्ताको कुटाईबाट आफ्ना ६ जना कार्यकर्ताहरु घाईते भएको उहाँले दावी गर्नुभयो ।यता जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार नेकपा कार्यकर्ता रामजल रायको असार ७ गते हत्या गरिएको थियो । हत्यारालाई कारबाही गर्न माग गर्दै नेकपा कार्यकर्ताले जुलुस निकालेका थिए । सोही जुलुसमा प्रयोग गरिएको ट्रयाक्टरले बाटो छेकेको थियो । कांग्रेस कार्यकर्ताले बाटो छेकिएको भन्दै हटाउन आग्रह गरेका थिए । त्यहि विषयलाई लिएर विवाद बढ्दै जाँदा झडप भएको हो ।
गोली चलाएको आरोपमा प्रहरीले स्थानीय मुकेश साहलाई नित्रन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर सोधपुछ भइरहेको जनाएको छ ।
    उक्त झडपको सम्बन्धमा दुवै पक्षका कार्यकर्ताको फरक फरक भनाइ आइरहेको छ ।घटना स्थलमा ठुलो संख्यामा सुरक्षाकर्मीहरु   परिचालन गरिएको छ ।रामनगर हत्याकाण्डको विषयलाई लाई लिएर केही दिनदेखि सर्लाहीको सदरमुकाम मलंगवा लगायत जिल्लाका बरहथवा र हरिवनमा नेकपा र काँग्रेसका नेता तथा कार्यकर्ताहरु र्याली र विरोध प्रदर्शन हुँदै आइरहेको छ ।  




No comments:

Post a Comment