Tuesday, June 23, 2020

सर्लाहीका दलित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण



लोकतन्त्र समाचारदाता----
सर्लाही ,असाढ ९
      सर्लाहीमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO)सर्लाही र सेभ द चिल्ड्रेनको संयुक्त  साझेदारीमा संचालित नेपाल छात्रवृति कार्यक्रम अन्तर्गत ७५ जना दलित विद्यार्थीहरुलाई दोस्रो  त्रैमासिक छात्रवृति किस्ता  वितरण गरिएको छ ।
      NNDSWO ले आयोजना गरेको छात्रवृत्ति वितरण  कार्यक्रममा संस्थाका अध्यक्ष राजेश पासवानले प्रति विद्यार्थी  कक्षा १ देखि कक्षा ८ सम्मका लागि १२ सय रुपैया र कक्षा ८ देखि १० सम्मका लागि १५ सय रुपैया वितरण गरेको हो ।छात्रवृत्ति पाउने दलित विद्यार्थीहरुमा ४५ जना छात्र र ३० जना छात्राहरु रहेका छन् ।
     छात्रवृति रकम प्रत्येक तीन महिनामा दिइने गरिएकोले यसबाट दलित तथा गरिब विद्यार्थीको भविष्य निर्माणमा  टेवा पुग्ने संस्थाका अध्यक्ष पासवानले बताए ।

No comments:

Post a Comment