Wednesday, June 10, 2020

धानको बीउ छर्ने र रोपाइँ गर्ने सिजनमै लकडाउन भएपछि सर्लाहीमा बीउ र रसायनीक मलको चरम अभाव ।उत्पादनमा ह्रास आउने चिन्तामा किसान



सर्लाही ,जेष्ठ २८ ।
    यसवर्ष धानको बीउ छर्ने र रोपाइँ गर्ने सिजन  लकडाउनकै  बेला परेकाले सर्लाहीमा  धानको बीउ र रासायनिक मलको चरम अभाव श्रृजना भएको छ  । यहाँका किसानहरु रासायनिक मलको लागि भारतीय बजारको भर पर्दै आएकाले सिमानाका बन्द भएपछि उनीहरूलाई बीउ र मलको अभाव भएको हो ।
   कोरोना भाइरस महामारीका कारण भारतबाट रासायनिक मल आयात गर्न नसकिएकाले मलको अभाव भएको स्थानीय किसान    ले बताएका छन् । सर्लाहीका आधा भन्दा बढी भुभाग नेपाल भारत सिमासँग जोडिएको छ ।दशकौंदेखि यस क्षेत्रका  किसानहरु रासायनिक मलको लागि भारतीय बजारमै जाने गरेका छन् । नेपाली बजारको  तुलनामा भारतीय बजारमा मूल्य पनि आधाले फरक पर्ने भएकोले पनि यहाँका किसानहरु  मलका लागि सिमा नजिकैको  भारतीय बजार जाने गरेका छन् । तर  सिमानाका बन्द भएकोले यसवर्ष  किसानलाई धान रोपाइँमा  समस्या पर्ने भएको छ ।
    बैशाखको अन्तिम सम्ममा धानको बीउ राखि सक्नुपर्ने  भएपनि लकडाउनका कारण  पसल नखुल्दा बीउ र मल खरिद गर्न समस्या भएको गोडैताका किसान अजोधी रायले  बताए ।
     गोडैता नगरपालिका स्थित रामबन बजारमा   एग्रोभेट संचालन गर्दै आएका व्यापारी राधेश्याम कुशवाहाले यसवर्ष किसानहरुलाई बीउ र रसायनीक मलको  अभाव हुने बताए।अहिले वर्षे धान  र  विभिन्न तरकारी लगायतको सिजन भए पनि नयाँ बीउ ल्याउन नपाएको र केही पुरानै बीउमात्रै बिक्री गर्नुपरेको ब्यापारी कुशवाहाले  बताए । बिहान बेलुका एकछिन पसल खुल्दा पहिलेदेखि मौज्दात रहेका विभिन्न जातका मौसमी तरकारीहरुको बीउ पनि सकिएको छ तर बीउको माग भने भने उच्च रहेको उनले बताए ।दैनिक जसो १५-२० जना स्थानीय किसानहरु  धानको बीउ र रसायनिक मल  खोज्न  आउने गरे पनि बीउ र रसायनिक मल ल्याउन नपाउँदा समस्या परेको उनको भनाइ छ ।
   लकडाउनका कारण  ग्रामीण क्षेत्रका किसान बजारसम्म पुग्न नसक्ने र बजारमा पनि बीउ अभाव भएकाले यस वर्ष किसानलाई मर्का पर्ने गरेको एग्रोभेटका संचालकहरु बताउँछन् । बीउ नै नपाइने र पाइए पनि ल्याउन समस्या भएकाले बीउ मागअनुसार बिक्री गर्न नसकिएको व्यापारीको भनाइ छ ।
     यता किसानलाई खेतमा छरिसकेको धानको बीउका लागि चाहिने  रासायनिक मलको समेत चिन्ता परेको छ । किसानले मल नपाउँदा थप समस्या झेल्नुपर्ने र उत्पादनमा समेत ह्रास आउनेमा उनीहरु चिन्तित भएका छन् ।

No comments:

Post a Comment