मनोज यादव-----
सर्लाही,असाढ ८
सर्लाहीमा एकजना ब्यक्तिको अपहरण पछि हत्या भएको छ। सनिवार जिल्लाको पश्चिम क्षेत्रमा पर्ने रामनगर गाउँपालिका वडा न- ४ बौहर्वा टोलका ६० वर्षिय रामजनम रायको अपहरण पछि हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।
प्रहरी चौकी बौहर्वाको छेउमै घर भएका रायको शव आइतवार दिउँसो बाँसघारीमा गमछाले हातखुट्टा बाँधेर गोली हानी हत्या गरेर फालेको अवस्थामा फेला परेको रामनगर गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बर्माले जानकारी दिए । सर्लाही प्रहरीका प्रवक्ता डीएसपी कुँवरले भने मृतक रायको हातखुट्टा बाँधेर घरेलु हतियार प्रहार गरी हत्या गरिएको घटनास्थलको प्रकृतिबाट देखिएको बताउनु भएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी कुवँरले बताए ।
मृतकको घर घटनास्थल भन्दा एक किलोमिटरको दुरीमा पूर्वमा पर्छ । उनी नेकपाको स्थानीय कार्यकर्ता भएको नेकपाका स्थानीय नेता कमल बुढाथोकीले जानकारी दिए । घटनाकाे विषयमा सुक्ष्म तरिकाले छानबिन भइरहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

No comments:
Post a Comment