Thursday, June 4, 2020

तश्करलाई सघाएको आरोपमा सर्लाहीका ४ जना प्रहरी निलम्बित


लोकतन्त्र समाचारदाता-----
सर्लाही ,जेष्ठ २२ ।
    आर्थिक लाभ लिएर भारततर्फ सामान ओसारपसार गर्न तश्करहरुलाई सहयोग गरेको आरोपमा सर्लाहीका चारजना प्रहरी हरु निलम्बनमा परेका छन् ।
     नेपाल भारत सिमानाका भएर अवैध रुपमा सामान ओसारपसार गर्न  ‘तस्कर’लाई सघाएको प्रमाणित भएपछि एक असइ सहित चारजना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको प्रदेश २ का प्रहरी प्रमुख डिआईजी धिरज प्रताप सिंहले जानकारी दिएको छ ।निलम्बित चारैजना सर्लाहीको विष्णु गाउँपालिका स्थित  प्रहरी चौकीमा कार्यरत रहेका थिए ।प्रहरी सहायक निरीक्षक (असई) राजाराम ठाकुर, प्रहरी हवल्दार विजय साह, चुनरमण चौरसीया र प्रहरी जवान अरुण तिवारीलाई निलम्बन गरिएको डिआजी सिंहले बताए ।
    भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता र आर्थिक अपराध विपरित उनीहरुले ‘तस्कर’लाई सघाएको प्रमाणित भएपछि निलम्बन गरिएको डिआईजी सिंहको भनाइ छ । उनीहरु चारै जनालाई निलम्बन गरी आजै प्रदेश प्रहरी कार्यालय जनकपुर झिकाइएको छ ।

No comments:

Post a Comment