Monday, June 15, 2020

दुइ छुट्टाछुट्टै दुर्घटनामा २ जना घाइते


लोकतन्त्र समाचारदाता-----
सर्लाही ,असार १
     सर्लाहीमा आज(सोमबार )दुई छुट्टाछुट्टै ठाउँमा भएको सडक दुर्घटनामा परि एक बालिका र एक वृधा घाइते भएका छन् ।
सर्लाहीको सदरमुकाम  मलंगवा नगरपालिका वडा न–७ स्थित मुसैलीमा ट्याक्टरको ठक्करबाट एक बालिका घाईते भएकी छिन् ।
   घाइते हुनेमा स्थानीय सन्तोष रायकी ७ वर्षिया छोरी अर्चना कुमारी रहेकी छिन् । निज बालिकालाई ना १ त ८७२४ नम्बरको ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइते बालिकाको बिरगंजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
    त्यस्तै   जिल्लाको  हरिवन नगरपालिका वडा न–८ मा  ना ५१ प ६९८४ नम्बरको मोटरसाईकलले ठक्कर दिदा स्थानिय रामे बिकको ५० वर्षिय श्रीमती सिता बिक घाईते भएकी छिन । ठक्करबाट उनको बाँया खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment