Saturday, June 27, 2020

भारत हुँदै नेपाल भित्रिएको सलह किरा सर्लाहीको नवलपुरमा देखियो



मनोज यादव----Video पनि हेर्नुस् .....
सर्लाही ,असाढ १३ 
      अफ्रिकी मुलुकबाट फैलिएको सलह किरा अरवियन मुलुक हुँदै एसियाको इरान, अफगानिस्थान, पाकिस्तान र भारत हुँदै  नेपालमा पनि भित्रिएको छ ।भारतमा यसलाई टिड्डी भनेर चिनिन्छ ।
     फट्याङ्ग्रा जस्तै देखिने उक्त किरा आज (सनिवार) बिहान करिब साढे ६ बजेको समयमा सर्लाहीको नवलपुर स्थित तेलवाली अनुसंधान कार्यक्रमको  फर्ममा देखापरेको स्थानीय प्रत्यक्षदर्शीहरुले दावी गरेका छन् । बिहान पश्चिम-दक्षिण दिशातर्फ आएर सलह किराको झुण्ड तेलबालीको फिल्डमा बसेका थिए । 
    यो किराले जुनसुकै हरियो बालीलाई तुरुन्त नष्ट गर्नसक्ने क्षमता राख्ने भएकाले यसको प्रभाव बदाम खेती र भर्खरै रोपेको  धानको बीउमा आजैदेखि देखिन थालेको तेलबाली अनुसन्धान केन्द्र, सर्लाहीका कार्यक्रम संयोजक डा.विश्वेश्वरप्रसाद यादवले बताए ।सामान्य रुपमा पूर्वदेखि पश्चिमतिर हावा चल्नु पर्नेमा अहिले त्यसको ठिक उल्टो पश्चिमबाट पूर्वतर्फ चलिरहेको र यो किरा पनि दक्षिण र पश्चिम अर्थात भारतबाट आएको अनुमान गरिएको कार्यक्रम संयोजक  डा. यादवले बताए । 


     सलह  किराले हरियो  बालीनालीलाई क्षति पुर्याउने भएकोले प्राविधिक तथा  विज्ञहरुको टोली अनुसन्धानका लागि सलह देखिएका ठाउँमा खटिएका छन् ।शनिबार बिहान सर्लाही सहित बारा, पर्सा लगायतका तराईका  केही जिल्लाहरुमा सलह किरा देखिएकोले यस सम्वन्धमा कृषि मन्त्रालयलाई समेत जानकारी गराइएको उहाँले बताउनुभयो ।
      हजारौं, लाखौंको संख्यामा हुने यो जातीको किराले एकैदिनमा १ सय ५० किलोमिटर टाढासम्मको दुरी पार गर्ने  क्षमता राख्ने गरेको जनाइएको छ ।

No comments:

Post a Comment