Sunday, June 7, 2020

लागुऔषध वालटेक्स सहित दुइजना पक्राउ



लोकतन्त्र समाचारदाता----
सर्लाही ,जेष्ठ २५
      सर्लाहीको धनकौल गाउँपालिकाबाट सनिवार दिउँसो प्रहरीले लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सिरहा जिल्ला गोलबजार नगरपालिका वडा न-१ घरभइ हाल बागमती नगरपालिका वडा न-१० शंकरपुर स्थित ससुराली बस्ने बिनोद ठाकुरीका ३४ वर्षिय छोरा सुनिल ठकुरी र बरहथवा नपा-५ हातीडण्डा बस्ने गोविन्द रामका २२ वर्षिय छोरा इन्दल राम रहेका छन् ।
     प्रहरी नायव निरिक्षक श्याम सुन्दर जयसवारको कमाण्डमा खटिएका प्रहरी टोलीले ज ४ प २०७४ नम्बरको मोटरसाइकलमा बागमती नदिको किनार भएर  बलराबाट राजघाट तर्फ जाँदै गरेको अवस्थामा शंका लागेपछि रोकेर चेकजाँच गर्दा मोटरसाइकल पछाडि बसेका ब्यक्तिले बोकेको  बोरा भित्र लागुऔषध वालटेक्स १०० ml -२६९ पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
   पक्राउ परेका दुवै अभियुक्तलाई आवश्यक अनुसंधानको लागि इलाका प्रहरी कार्यालय बरबथवामा राखिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment