Sunday, June 7, 2020

मोटरसाइकलको ठक्करबाट ९ वर्षीया बालिका गम्भीर घाइते



लोकतन्त्र समाचारदाता----
सर्लाही ,जेष्ठ २५
    सर्लाहीको बरहथवा नगरपालिका वडा न-३ भगवतीपुरमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीया बालिका  घाइते भएकी छिन् । घाइते हुनेमा स्थानीय छोटलाल  महतोकी  ३ बर्षीया छोरी आशा कुमारी रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
    प्रहरीका अनुसार सनिवार बिहान भगवतीपुर स्थित भित्री सडक खण्डमा पैदल सडक काटिरहेकी बालिकालाई बसबरिया गापा वडा न-२ निवासी ३५ वर्षिय रामनन्द सहनीले चलाएको  ज ३ प ३९५६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी बालिकाको बरहथवा स्थित भेनस अस्पालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।टाउकोमा ६ बटा टाँका लगाइएको बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

No comments:

Post a Comment