Tuesday, May 5, 2020

बाल विकास नेपालले लकडाउन पिडित विपन्नलाई राहत बाँडे


लोकतन्त्र समाचारदाता----
सर्लाही,बैशाख २३ ।
    सर्लाहीमा एक गैर सरकारी संस्थाले लकडाउनबाट पिडित जिल्लाका विभिन्न ठाउँका   विपन्न परिवारलाई खाद्यान्न लगायतका  राहत सामाग्री वितरण गरेको छ ।
    स्थानिय सरकारले प्रदान गर्दै आएको राहतमा पहुँच नभएका परिवारलाई पनि राहत बाडेर संस्थाले अति विपन्न परिवारको मन जित्न सफल भएको छ । एड एट एक्सन, काठमाण्डौंको सहकार्यमा बाल विकास नेपालले सर्लाहीका  चार वटा स्थानिय तहहरु गरी हाल सम्म १ हजार अति विपन्न तथा दलित परिवारलाई राहत वितरण गरिसकेको जनाइएको  छ ।उक्त संस्थाले अहिले सम्म  विष्णु गाँउपालिकामा चामल ३ सय ५० बोरा प्रति व्यक्ति २५ किलोका दरले ३५० बोरा चामल र २१ सय ६० पिस हात धुने साबुन वितरण गरेको छ ।त्यस्तै कौडेना गाँउपालिकामा ५० बोरा चामल र हात धुने साबुन २ हजार १ सय ६० पिस हात धुने साबुन ,बरहथवा नगरपालिका चामल ५० बोरा र हात धुने साबुन २ हजार १ सय ६० पिस र चन्द्रनगर गाँउपालिकाको वडा नं. १ मा चामल ३० किलोको दरले वितरण गरेको छ । हाल सम्म १ टन १५ क्वीन्टल चामल वितरण गरिसकेको  अध्यक्ष बिरेन्द्र रायले लोकतन्त्रलाई जनाएको छ।
    त्यस्तै जिल्ला विपद व्यवस्थापन समिति सर्लाहीलाई ह्यण्ड ग्लोब १ सय पिस, सेनिटाइजर ९६ पिस, मेडिकल मास्क ३ सय ५० पिस, लोकल मास्क ११ सय ५० पिस र हात धुने साबुन २ सय ८८ पिस प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीलाई हस्तान्तरण गरेको सचिव सुनिल साहले जानकारी दिएको छ । संस्थाले  २०७२ सालको भुकम्प तथा विभिन्न समयमा आएका विपद ब्यबस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको जनाइएको छ ।

No comments:

Post a Comment