एसपी यादव-----
सर्लाही बैशाख २७ गते
छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट दैनिक सयौंको मृत्यु भइरहँदा नेपालमा भने त्रास बढेको छ । छिमेकी भारतसँग जोडिएका सवै नाका-सीमा बन्द गरिएता पनि खुला सीमानाका कारण जताबाट भारतीय तथा भारतमै रोकिएका नेपाली नेपाल प्रवेश गर्नसक्ने खतरा त्यतिकै छ ।
सोही खतराका कारण नेपालमा पनि महामारीले उग्ररुप लिने र त्यसको असर मुलुकभर फैलिन सक्ने संभावनाले नै नेपालमा त्रास बढेको हो । यद्यपि आवात-जावतलाई पूर्णरुपमा निषेध गर्न नेपाल सरकारले हरप्रयास गरिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा एकैदिन १०३ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोनाको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या १ एक हजार ८ सय ९५ पुगेको छ । संक्रमितको संख्या ५६ हजार ५ सय १६ गुगेको छ भने निको हुनेको संख्या १६ हजार ८ सय ६७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ९० जना नयाँ संक्रमित भेटिएको भारतीयि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा दिनानुदिन बढीरहेको संक्रमितको संख्या र मृत्यु दरले नेपालमा भने सर्वसाधारण नागरिकको मात्र नभई नेपाल सरकारकै टाइको दुःखाइको बिषय बनेको छ । किनकी हजारौं नेपाली भारतीय सीमा-नाकामा अड्किएका छन् । उनीहरुलाई प्रवेश गर्न दिइए नेपालमा पनि संक्रमण आगोसरी संक्रमण फैलिने सक्ने सरकारलाई चिन्ता छ ।
त्यसो त,
नेपालको भारतसँग सीमा जोडिएका दुई नम्बर प्रदेश, १ नम्बर र ५ मा संक्रमितको संख्या उल्लेख्य छ । अहिलेसम्म नेपालमा १०१ जना संक्रमित भेटिएका छन् । दैनिक संक्रमित बढीरहेको छ तर सरकारले परीक्षणलाई खुम्च्याएको सर्वसाधारणको आरोप छ ।
यसैबीच,
बिराटनगर कोरोना बिशेष अस्पतालमा उपचारत ८ जना निको भएपछि आज डिस्चार्ज भए ।
उनीहरुलाई बैशाख ८ गते कारोना पुष्टि भएको थियो । निको भएका सवैलाई सामाजिक बिकाश मन्त्री जीवन घिमिरेले बिदाई गरे । संक्रमण हुनसक्ने थप संभावना भएकाले उनीहरुलाई पुनः १४ दिनसम्म क्वारेन्टाइनमा राखिने बताइयो । यसअघि बुधबार मात्र उक्त अस्पतालबाट ६ जना निको भएपछि डिस्चार्ज भएका थिए ।
योसँगै नेपालमा निको हुनेको संख्या ३० पुगेको छ ।
यद्यपि निको भएका ३ जनालाई पुनः अस्पतालमा भर्ना गरिएका कारण बास्तबिक निको हुनेको संख्या २७ रहेको छ ।

No comments:
Post a Comment