Wednesday, May 6, 2020

जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द


काठमाडौं, वैशाख २४ गते ।
      सरकारले लकडाउन जेठ ५ गतेसम्म बढाउने निर्णय गरे सङ्गै जेठ १८ सम्म अन्तरिक हवाइ उडान र सिमानाका अवागमन समेत बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।तर प्रधानमन्त्री ओलीले अहिले लकडाउन खोल्न नसकिने बताए ।

भारतमा संक्रमणको अवस्था बढ्दै गएकाले त्यसको सोझै असर नेपालमा पर्ने भएकाले लकडाउन खोल्न नसकिने प्रधानमन्त्रीको ओलीको भनाई रह्यो ।यसअघि सरकारले बढाएको लकडाउन भोलि सकिदैछ । नेपालमा अहिलेसम्म ८२ जनामा संक्रमण पुष्टि भएकामा २२ जना उपचारपछि घर फर्केका छन ।

त्यस्तै मन्त्री परिषदको बैठकले कोरोना सन्क्रमित बिरामिको सेवामा दिनरात खटिएका स्वास्थकर्मी र सुरक्षाकर्मिको लागि भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ ।


No comments:

Post a Comment