Monday, May 4, 2020

राहत वितरणमा विवाद हुँदा ९ राउण्ड हवाई फायर, डीएसपीसहित ८ घाइते


सिरहा,बैशाख २२। 
     सिरहाको मिर्चैया नगरपालिका–७ स्थित फुलबरियामा राहतमा विभेद गरिएको भन्दै स्थानीयले गरेको प्रदर्शनका क्रममा झडप भएको छ । 



स्थानीयका विरोधका बावजुत वडा कार्यालयले राहत वितरण सुरु गरेपछि स्थानीयले ढुङ्गामुढा गरेका थिए । त्यसपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन ९ राउण्ड हवाईफायर  र ३ राउण्ड अश्रृग्यास प्रहार गरेको छ । 
झडप नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर र ३ राउण्ड अश्रृग्याँस प्रहार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । 



 झडपमा डीएसपी सन्तु जयसवालसहित ८ जना समान्य घाइते भएका छन् । घाइतेमध्ये प्रहरी ५ जना र स्थानीय ३ जना रहेका छन् । सवैको स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ ।



स्थानीयको अनुसार राहात वितरणका विषयमा वडा कार्यलयमा विगत एक हप्तादेखि मतमतान्तर हुँदै आएको थियो । जनप्रतिनीधि र दलहका प्रतिनिधीधिबीच मत नमिलेपछि आइतवार इलाका प्रहरीमा सबै दलका प्रतिनिधि र जनप्रतिधिबीच मझदारी भएको बताइएको छ । 

तर, प्रहरीले करकापमा पारेर दलहरुलाई सहमति गर्न लगाएको दलका एक प्रतिनिधिले बताए । सोही विवाद आज फेरि छताछुल्ल हुन पुगेको थियो । 



जनतासमाजवादी पार्टीका प्रतिनीनिधि हनुमान साहले वडाअध्यक्षका कारण झडप भएको बताए । उनले वडाअध्यक्षले दलीय प्रनिधिलाई वेवास्ता गर्दै आफ्नो आफन्तलाई मात्र राहत वितरण गर्न थालेपछि जनता आक्रोशित भएको बताए । 

प्रदेश सरकार र मिर्चैया नगरपालिकाद्वारा उपलब्ध गराइको दोस्रो चरणको राहत वितरण गर्ने क्रममा केही दलकै प्रतिनिधिहरुले स्थानीयलाई उचालेर राहत वितरणकार्यमा अवरोध गरेको वडा अध्यक्ष रामकुमार यादवले दावी गरे । 
पटक पटक आफूले अहिले छुट्न गएका गरिव विपन्न परिवारको लागि चाँडै अर्को व्यवस्था गर्ने प्रतिवद्धता जनाएपनि नेताको उस्काहटमा ढुङ्गामुढा भएको उनको भनाइ छ।  


No comments:

Post a Comment