Monday, May 4, 2020

रुखको हाँगाले थिचेर एकजनाको मृत्यु

लोकतन्त्र समाचारदाता----
     सर्लाही,२२ वैशाख । सर्लाहीको हरिवन नगरपालिकामा रुखको हाँगाले च्यापी एक जना मानिसको मृत्यु भएको छ।
       सोमबार बिहान ९ बजे हरिवन नगरपालिका वडा नं. १ बस्ने अन्दाजी ४५ वर्षिय नारायण कुमार श्रेष्ठले कैलाशपुरी जंगलमा घाँसको लागि हल्लुडेको रुखमा चढि रुखको हाँगा काट्ने क्रममा सोही रुखको हाँगाले छातिको भागमा च्यापिन गई श्रेष्ठ गम्भिर घाईते भएका थिए ।
घाईते  श्रेष्ठलाई उपचारको लागि नमुना अस्पताल लाँदा डाक्टरले मृत घोषणा गरेको थियो ।
    मृतक श्रेष्ठको शव पोष्टमार्टमको  लागि जिल्ला अस्पताल मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment