Friday, May 8, 2020

सर्लाहीको सदरमुकाम मलंगवामा लकडाउनको खुलेआम उलंघन

video सहित.....
लोकतन्त्र समाचारदाता------
सर्लाही ,बैशाख २६ ।
    विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सरकारले देशभर लागू गरेको लकडाउनको सर्लाहीको सदरमुकाम मलंगवामा खुलेआम उलंघन भएको छ ।
    मलंगवा बजार आज बिहानैदेखि खुलेको छ ।नगर भित्रका साना पान पसल देखि ठुला ठुला होलसेल पसलहरु निर्वाध रुपमा खुलेका छन् ।बजारमा किनमेलका लागि  निस्केका स्थानिय ग्राहकहरुले सामाजिक दुरिको पालना गरेका छैनन् भने अधिकांशले माक्स समेत लगाएका छैनन् ।यस किसिमले लकडाउनको  खुलेआम उलंघन भइरहेको देख्दादेख्दै सुरक्षाकर्मीहरु पनि मुक दर्शक बनेका छन् ।
    ब्यापारीहरुका अनुसार सरकारले अती आवश्यक सामानको पसल संचालन गर्न सकिने भन्ने समाचारको माध्यमबाट सूचना जारी गरेकोले आफुहरुले पसल खोलेका हौं ।जबकी  प्रदेश नम्बर २ लाई सरकारले रेड जोनमा राखेको छ ।
    सदरमुकाम बाहेक जिल्लाको  लालबन्दी ,नवलपुर, हरिवन, बरहथवा, बयलबास लगायतका बजारहरुमा अतिआवश्यक सामान बाहेका पसलहरु बन्द छन् ।

No comments:

Post a Comment