Wednesday, May 6, 2020

नेपाल आउँदै गरेको धान बोकेको ट्रकबाट १७ लाख ९० हजार अवैध रुपैया बरामद, दुई भारतीय सशस्त्र प्रहरीको नियन्त्रणमा

सर्लाही, बैशाख २४ (video सहित )
    भारतबाट अवैध रुपमा ट्रकमा लुकाएर  नेपाल ल्याउँदै गरेको  १७ लाख ९० हजार रुपैयाँ सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतबाट धान बोकेर आइरहेको भारतीय ट्रकलाई मलंगवा स्थित  सर्लाही भन्सार कार्यालय नजिकैको चेकपोष्टमा  बिआर३० जि ए २४५८ नम्बरको भारतीय ट्रकलाई सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेस क्याम्प  मलंगवाको टोलीले  रोकेर चेक  जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको सशस्त्र प्रहरी निरिक्षक संजित सिंहले जनाएको छ  ।
    सशस्त्र प्रहरी निरिक्षक सिंहका अनुसार भारतको बिहार राज्यको सितामढी जिल्लाको मुजेलियाबाट धान बोकेर नेपाल आउँदै गरेको ट्रकको केविनबाट १७ लाख ९० हजार नेपाली रुपैयाँ बरामद भएको हो । ट्रकका चालक राम ललित मण्डल र सह चालक निरज कुमारलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।  दुवै जना भारतीय नागरिक रहेको सशस्त्र प्रहरी निरीक्षक सिंह जानकारी दिनुभयो ।
      उक्त ट्रक धान लिएर सर्लाहीको ईश्वरपुर नगरपालिका जान लागेको सशस्त्र प्रहरी बेस क्याम्प मलंगवाले जनाएको छ ।  बरामद रकम हुुण्डी कारोवारीको हुुन सक्ने सशस्त्र प्रहरीको अनुुमान छ । बरामद रकम सर्लाही भन्सार कार्यालय मलंगवमा बुझाइएको छ ।



No comments:

Post a Comment