Wednesday, May 6, 2020

सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प मलंगवाद्वारा लागु औषध बरामद गरि नष्ट



लोकतन्त्र समाचारदाता----
सर्लाही ,बैशाख २४
    सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प मलंगवाको टोलीले भारतबाट नेपाल ल्याउँदै गरेको प्रतिबन्धित  लागुऔषध कोडेक्स बरामद गरि नष्ट गरेको छ ।
    सशस्त्र प्रहरी बेस क्याम्प मलंगवाका इन्चार्ज सशस्त्र प्रहरी  निरिक्षक संजित सिंहका अनुसार सशस्त्र प्रहरी सहायक निरिक्षक सुरेन्द्र महराको नेतृत्वमा खटिएको टोलीले मलंगवा -९ स्थित नेपाल भारत सिमानाकाबाट नाम वतन नखुलेको अन्दाजी १४ वर्षिय किशोरले ल्याउँदै गरेको १०० ml को १८ बोतल कोडेक्स र स.प्र.स.नि चोलेन्द्र कटुवालको कमाण्डमा खटिएको अर्को टोलीले सोही वडा र नाकाबाट नाम वतन नखुलेको अन्दाजी १६ वर्षिय किशोरले ल्याउँदै गरेको १०० ml कै ९ बोतल कोडेक्स बरामद गरेको छ ।लागुऔषध ल्याउने दुवै किशोर सुरक्षाकर्मीलाई देख्ने बित्तिकै  बोतलहरु बाटोमै फालेर फरार भएको स.प्र.नि सिंहले जनाएको छ ।
    बरामद गरिएका लागुऔषध मलंगवा स्थित बेस क्याम्पमा  आज(बुधबार ) बिहान वडा न-९ का वडाध्यक्ष दिपलाल महतो ,स्थानीय भद्रभलादमी तथा पत्रकारहरुको रोहवरमा नष्ट गरिएको छ ।
    सिमानाका सिल भएपनि गएको केही दिन देखि चोर बाटोको प्रयोग गरेर लागुऔषध ओसारपसारको क्रम बढेको देखेर त्यस्ता चोरबाटोहरुमा सशस्त्र प्रहरीको टोलीले चौबीसै घण्टा कडाइसाथ निगरानी बढाएको सिंहले संचारकर्मीहरु जानकारी गराउनु भएको छ ।

No comments:

Post a Comment