Monday, May 4, 2020

हावाहुरीले उडाएको जस्ताको छाना लागेर सर्लाहीमा एक किशोरको मृत्यु

लोकतन्त्र समाचारदाता---
सर्लाही ,बैशाख २२ ।
    सर्लाहीको कविलासीमा हावाहुरीले उडाएको जस्तापाताले लागेर एक किशोरको मृत्यु भएको छ।
    सोमबार दिउँसो १ बजेतिर एक्कासि पानीसहित आएको हावाहुरीले उडाएको जस्ताले लागेर कविलासी नगरपालिका वडा न– ३ बिनगरा गाउँ निवासी सोनेलाल यादवका अन्दाजी १९ वर्षिय छोरा राजेश यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।हावाहुरीले यादवको दुईतले घरको जस्ताको छाना उडाउँदा घटना भएको हो। जस्ताले यादवको टाउको, घाँटी र पाखुरामा चोट लागेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।
  मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी  प्रवक्ता एवं  प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभएको छ।
    हावाहुरीले जिल्लाका अन्य स्थानमा पनि क्षति पुऱ्याएको अनुमान गरिएको छ। सबैतिरको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment