Thursday, May 7, 2020

सांसदहरूको आज पीसीआर टेष्ट हुँदै

काठमाडौँ -  संघीय संसदका सांसदहरूको आज पीसीआर टेस्ट हुने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा आज विहान १० बजेदेखि पीसीआर परिक्षण शुरू हुनेछ ।

विहान १० बजे शुरूमा राष्ट्रियसभाका सदस्यहरूको र ११ बजेपछि प्रतिनिधिसभाका सांसदहरूको पीसीआर टेष्ट हुने संसदका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

भोलिबाट शुरू हुने बजेट अधिवेशन अघिनै सबै सांसदहरूको पीसीआर परिक्षणको रिपोर्ट आइसक्ने छ ।  जनस्वास्थ्य विभागका विज्ञहरूले सांसदहरूको स्वास्थ्य परीक्षण गर्ने धमलाले बताए । शुक्रबार ४ बजेबाट बजेट अधिवेशन शुरू हुँदैछ ।

कोरोना भाइरसबाट जोगिन संसद सचिवालयले सांसदहरूको पीसीआर टेष्ट गर्ने, सामाजिक दूरी कायम गर्न दुई सिट छाडेर बस्ने व्यवस्था मिलाउनेलगायतका शतर्कता अपनाउन लागेको हो ।

No comments:

Post a Comment