Saturday, May 9, 2020

नेपालमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं,बैशाख २७
     नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीद्वारा शनिबार जारी सूचना अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ।
   शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ सात जनामा संक्रमण पुष्टि भएको हो।संक्रमितहरुमा उदयपुर भुल्के निवासी १८, ४५, ६५ वर्षका महिलाहरु, कपिलवस्तु निवासी १७, १८ र १८ वर्षका पुरुषहरु, पर्सा छपकैया निवासी ६२ वर्षका पुरुष हुन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

No comments:

Post a Comment