Thursday, May 7, 2020

पास भएकालाई पनि नाकाबाटै फर्काइँदै

काठमाडौं,बैशाख २५ ।
     सरकारले पास भएका सवारी साधनलाई उपत्यका छिर्ने नाकाबाट फिर्ता गर्न थालेको छ ।

पास लिएकाहरुबाटै बन्दाबन्दी (लकडाउन) उल्लंघनका घटना वृद्धि भएपछि सरकारले चेकजाँचमा कडाइ गर्न थालेको हो ।

अब पास भएर पनि उपत्यका बाहिरबाट आउनेले अत्यावश्यक कामबाहेक प्रवेश पाउने छैनन् । प्रहरी प्रशासनले बुधबारबाट पास भएकालाई अत्यावश्यक कामबाहेक प्रवेशमा रोक लगाउन थालेको हो ।

बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रिनेहरुले अत्यावश्यक काममा मात्र प्रवेश पाउने प्रहरीले जनाएको छ ।  

.......राजधानी दैनिकबाट


No comments:

Post a Comment