पत्रकार सचिता बुढाथोकी------
आज मे ३ अर्थात विश्व पे्रस स्वतन्त्रता दिवस , सन १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आव्हनमा हरेक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ । यस वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसको नारा "भय र पक्षधरतामुक्त पत्रकारिता" रहेको छ । प्रेस स्वतन्त्रताको आधारभुत सिद्धान्त , प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको समग्र समीक्षा गर्ने यो दिनको विशेष महत्व हुन्छ ।
नेपाल र विश्वमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निम्ति जीवन वलिदान गर्ने तथा वेपत्ता पारिनुभएका योद्धाहरुप्रति श्रद्धा व्यक्त गर्दै प्रेस स्वतन्त्रताका पक्षमा निरन्तर संघर्ष गर्नुहुने सबैमा उच्चसम्मान व्यक्त गर्दछु । नेपाल पत्रकार महासंघका अनुसार नेपालमा अहिले सम्म ३६ जना पत्रकार र संचारकर्मीको हत्या भएको छ । ती मध्य धेरैजसो द्वन्द्वकालमा मारिए । २०६३ सालको विस्तृत शान्ति सम्झौता पछि पनि ९ जना पत्रकार र संचारकर्मीको हत्या भएको फ्रीडम फोरम सँग रेकर्ड छ । त्यो बेलामा जे जस्तो भएपनि पछिल्लो समय नेपालमा कोही पत्रकार आफ्नो पत्रकारिता पेशाबाट मर्नु परेको छैन । यो राम्रो पक्ष हो तर समाचार लेख्दैमा, प्रसारण हुदैमा , धम्की नबेहोरेको भने हैन । नेपालको संबिधान २०७२ को प्रस्तावनामा पुर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गरिएता पनि ब्यबाहारमा पत्रकारलाई दुःख दिने, धम्क्याउने ,तर्साउने काम भने रोकिएको छैन । अझै पनि आम पत्रकारहरु आफनो पेशामा सुरक्षित महसुस गर्न सकिरहेका छैनन् । आजभोलि पनि समाचार लेखेकै आधारमा पत्रकार माथि कारवाही हुने गरेको छ । समाजमा भएका वास्तविक विकृतिलाई समाचारको माध्यमबाट देखाउदा पत्रकार माथि धम्की आउने गरेको छ । कोरोना कहरको विचमा पनि झण्डै २० वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । कोरोनाका विचमा अग्रपंत्तिमा रहेर काम गरिरहनु भएका बिश्वका पत्रकारले प्रेस स्वतन्त्रताको अनुभुति गर्न अझै सकिरहेका छैनन । कतिपय पत्रकारले लेखेका समाचारमा राजनीतिक टयाक पनि लाग्ने गरेको छ । यस्ता खालका आरोप पत्रकार तथा सञ्चारकर्मीहरुले भोग्दै आईरहेका छन । समाचार लेख्ने पत्रकार होस वा समाचार प्रशारण गर्ने मिडिया हाउस माथि नै पत्रकारीताको धर्म र मर्मको प्रश्न उठ्ने गरेको छ । पत्रकारीताको धर्म र मर्मलाई सम्पुर्ण पत्रकारले कदापी भुल्नु भने हुदैन । स्वतन्त्र पत्रकारिता भन्दा पनि भजनकारिता मौलाउदै गएको यो अबस्थामा फेरि हामी प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा डटेर लड्नु पर्ने बेला आएको छ । श्रमजीवी पत्रकार ऐनको पुर्ण कार्यान्व्यन, पत्रकारको दक्षता अभिवृद्धिका लागि केन्द्र, प्रदेश र स्थानियस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना गर्नुपर्ने देखिन्छ । पेशागत हकहित र सुरक्षाका लागि विशवका सम्पुर्ण पत्रकार एक हुन जरुरी छ । आगामी दिनमा स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरणको निर्माण गरौं ।
No comments:
Post a Comment