लोकतन्त्र समाचारदाता-----
सर्लाही, जेठ १९
सर्लाहीमा आज एकै दिन ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमित हुनेहरुमा जिल्लाको कविलासी नगरपालिकामा ३ जना महिला सहित ३६ र हरिपुर नगरपालिकामा १ जना महिला सहित २ जना रहेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी गराउनुभएको छ ।भारतबाट आएर कबिलासी नगरपालिका अगर्वा स्थित जनता माविको क्वारेन्टाइनमा बसेका ३६ जना र हरिपुरको क्वारेन्टाइनमा बसेका २ जना ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु (काठमाडौं) ले जारी गरेको विज्ञप्तिलाई उद्रित गर्दै प्रजिअ जिसीले बताउनु भएको छ ।यो सँगै सर्लाहीमा कोरोना संक्रमितको संख्या ११० जना पुगेको छ ।
आइतवार हरिपुरमै ७ जना र ब्रह्म्पुरी गाउँपालिकामा ३ जना गरी १० जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
No comments:
Post a Comment