Tuesday, June 2, 2020

भोरले मलंगवामा आइसोलेसनका बिरामीलाई पौष्टिक आहार दिए

Video news....📺️

लोकतन्त्र समाचारदाता----
सर्लाही ,जेष्ठ २० ।
     भोर नामक संस्थाले सर्लाहीको सदरमुकाम मलंगवा स्थित अस्थायी कोरोना विशेष अस्पताल(आइसोलेसन वार्ड) मा   रहेका १०० जना बिरामीहरुलाई १४ दिनसम्म पुग्ने पौष्टिक आहार सर्लाहीका प्रमुख जिल्ला अधिकारी मार्फत हस्तान्तरण  गरेको छ।
    आइसोलेसनमा रहेका  कोभिड १९ पोजिटिभ बिरामीहरुलाई इम्यूनीटी पावर बढाउन ईम्यूनीटी बुस्टर र पोषण सप्लिमेन्ट प्रदानको लागि प्रति व्यक्ति  च्यवनप्राश ५०० ग्राम,  चनाको सातु २ किलो, कागती निम्बु   १० पीस, ड्राई फ्रूट २५० ग्राम(काजू, किसमिस, छोकड़ा, पिस्ता  ,बादाम),अस्तीमधु चूर्ण ५० ग्राम र त्रिफलाचूर्ण ५०ग्राम को मिश्रण ,अश्वगंधाचूर्ण ५० ग्राम,अमृत चिया वा तुलसी चिया ३० वटा टी ब्याग वा १४ दिन पुग्ने प्याकेट प्रजिअ मोहनबहादुर जिसी मार्फत हस्तान्तरण गरिएको संस्थाका संस्थापक अध्यक्ष राज कुमार महतोले बताउनुभएको छ ।रोग प्रतिरोधात्मक क्षमता बढाउने उदेश्यले ड्राइफुड लगायतका पौष्टिक आहार वितरण गरिएको उहाँको भनाई छ ।केहीदिन अगाडि बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पनि ९० जना बिरामीहरुलाई यस्ता रोग प्रतिरोधात्मक क्षमता बढाउने  ड्राइफुड लगायतका पौष्टिक आहार वितरण गरिएको थियो ।उनीहरु सबैजना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएर घर फर्किसकेको महतोले बताउनुभयो ।
   यस कार्यमा भोर संस्थालाई सर्लाहीमा स्वास्थ्यकर्मी पाण्डवराज बरालले सकृय सहयोग गरिरहनुभएको छ ।



No comments:

Post a Comment