Monday, June 1, 2020

मलंगवाबाट लागुऔषध सहित एक युवक पक्राउ



सर्लाही ,जेष्ठ १९ ।
     सर्लाहीको सदरमुकाम मलंगवाबाट प्रतिबन्धित लागुऔषध  सहित एक युवक पक्राउ परेको छ ।
    पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा न-१ भेडियाही टोलका स्थानीय सोनेलाल रामका १८ वर्षिय छोरा जितेन्द्र कुमार राम रहेको छ ।रामलाई आइतवार सिमावर्ती भारतको सोनवर्षा बजारबाट लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा  गोरखकाली प्रहरी चौकीबाट खटिएका गस्ती टोलीले शंका लागेर चेकजाँच गर्दा   100 ml को  WALLREX नामक लागुऔषध  ५० बोतल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।
    निजलाई जिप्रका मलंगवाको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी कुवँले जानकारी गराएको छ ।

No comments:

Post a Comment