Tuesday, June 2, 2020

मलंगवाको आइसोलेसन वार्ड भरिएपछि फरहदवामा थप ५० बेडको आईसोलेसन वार्ड निर्माण गरियो



    • सर्लाही जेठ २० ।
    •           सर्लाहीको सदरमुकाम मलंगवा वडा न-२ कृष्णा चौक स्थित  सन्त अल्पामाई रामनारायण यादव नर्सिङ  कलेजमा निर्माण गरिएको ५० बेडको  अस्थायी कारोना विशेष अस्पताल (आईसोलेसन वार्ड) कोरोना संक्रमित विरामीहरुले भरिए पछि हरिपुर नगरपालिका स्थित फरहदवामा थप ५० बेडको आइसोलेसन वार्ड तयार पारिएको  छ । ४१ जना कोरोना संक्रमितलाई आइसोलेट गरिएको मलंगवा वडा न-२ स्थित  जिल्लाकै पहिलो अस्थाई कोरोना विशेष अस्पतालमा एक जना महिला  र एकजना पुरुष पत्रकार सहित हरिपुर्वा  नगरपालिका एकजना मानसिक सन्तुलन गुमाएका ब्यक्तिलाई छुट्टाछुट्टै कोठामा राखिएको क्वारेन्टाइन इन्चार्ज डाक्टर रविले बताएको छ ।ब्रम्हपुरीका थप ३ जना बिरामीहरुलाई राखेपछि ५० बेड क्षमता भएको सो अस्पतालमा बेड अपुग हुँदा सोमबार संक्रमण पुष्टि भएका हरिपुरका ७ जना बिरामीलाई रााख्न फरहदवामा ५० बेडको आइसोलेसन वार्ड तयार गरि उनीहरुलाई त्यहाँ आइसोलेट गरि राखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । थप आवश्यक व्यावस्था मिलाउन प्रदेश सरकार,स्थानीय सरकार तथा सर्लाही अस्पतालसंग सहजीकरण गरि काम अगाडि बढाईसकेको प्रजिअ जिसी.को भनाई छ ।
         PCR  जाँचको दायरा बढाइए संगै सर्लाहीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेक  छ ।अहिले सम्म सर्लाहीमा १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ भने एक जना सर्लाहीको धनकौल गाउपालिकाका १४ वर्षिय बालक निको भएर डिस्चार्ज समेत भईसकेर घर फर्किसकेको छ ।

    No comments:

    Post a Comment