Wednesday, March 31, 2021
कौडेना गाउँपालिकामा समावेशी अपाङ्गता सहायता कक्ष स्थापना
सर्लाहीको कौडेना गाउँपालिकामा समावेशी अपाङ्गता सहायता कक्षको उदघाट्न सम्पन्न भएको छ । गाउँ पालिका प्रमुख राम प्रसाद रायको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष सुनिता देबी चौधरीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि सहायता कक्षको स्थापना गरिएको हो ।
मलंगवामा टाउको काटेर हत्या गरेको आरोपमा पक्राउ परेका एक नेपाली बाबा र एक भारतिय नागरिक सार्वजनिक
--- "आर्थिक लेनदेन,घरायसी झगडा र चोरीको आरोपमा हत्या गरिएको आरोपीहरुको बयान---
![]() |
पक्राउ परेका हत्यारा |
लोकतन्त्र समाचारदाता ----
सर्लाही ,चैत १८
सर्लाहीको सदरमुकाम मलंगवा स्थित एक खेतमा गत चैत ११ गते राति घाँटी छिनालेर हत्या गरि फालिएको मलंगवा वडा न-१० बस्ने नागेश्वर यादवका छोरा २५ वर्षीय सुशील कुमार यादवको हत्यारालाई प्रहरीले आज(बुधबार) सार्वजनिक गरेको छ ।आज दिउँसो जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन गरि वडा न-१० बस्ने वर्ष ४५ को बाबा विमलकान्त पाठक र निजको भान्जा भारतको विहार राज्य सितामढी जिल्ला बथनाहा थाना, मझौलियास्टेट वडा न-१० बस्ने वर्ष ४१ को अशोक झालाई हत्यामा प्रयोग भएका हतियार सहित सार्वजनिक गरिएको छ ।उनीहरुलाई मलंगवा स्थित मालपोत कार्यालय क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जनाएको छ ।
![]() |
हत्यामा प्रयोग भएका सामाग्री |
प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरका अनुसार मृतक सुशीलका भाई ११ वर्षीय शिवम यादवको बयान र काकी शोभा देवीले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरूलाई घटनाको भोली पल्ट शव बरामद भएकै दिन नियन्त्रणमा लिएर सातदिनको म्याद थप गराइ अनुसंधान अगाडि बढाएको थियो ।
अनुसंधानको क्रममा प्रतिवादी बाबा विमलकान्तले मृतक सुशीलले ६ महिना अगाडि आफ्नो घरमा चोरी गरेको र पुनः वारदात भन्दा केहीदिन अगाडि घर अगाडिबाट पानी तान्ने मोटर र जुत्ता चोरेको र उनीहरु बिच आर्थिक लेनदेन तथा घरायसी कारणले पटकपटक झै-झगडा, विवाद समेत हुँदै आएकोले निज सुशीलले आफुलाई मार्न सक्छ भन्ने डरले मौका मिलाएर निजलाईनै मार्ने पुर्व योजना अनुसार भारतिय नागरिक आफ्नो भान्जा सँग मिलेर हत्या गरेको प्रहरी समक्ष उनीहरुले स्विकारेको प्रवक्ता कुवँरले बताएको छ ।भारतीय नागरिक अशोक लामो सयमदेखि मलंगवामै बस्दै आएका थिए ।
मृतक सुशिलको चैत ११ गते बुधबारका दिन राति ११ बजे मलंगवा नगरपालिका वडा न-९ स्थित टावर चौक नजिक पचगछिया चौरी भन्ने ठाउँमा टाउको काटेर बीभत्स ढंगले हत्या गरिएको थियो ।
वुधवार रातीदेखि बेपत्ता रहेका सुशीलको शव बिहिवार बिहान टाउको काटेर हत्या गरिएको अवस्थामा स्थानीयहरुले फेला परेका थिए । मृतकको शरीर र टाउको बेग्लाबेग्लै स्थानमा फेला परेको थियो । शरीर भेटिएको ठाउँ भन्दा करिव ६१ मिटर पूर्व टाउको भेटिएको प्रहरीले जनाएको छ ।
मृतक र आरोपी लागुऔषध प्रयोगकर्ता रहेका छन् ।
Tuesday, March 30, 2021
लालबन्दीमा बैदेशिक रोजगारी बारे जानकारी दिन संचारकर्मीहरु बिच अन्तरक्रिया गरियो
लोकतन्त्र समाचारदाता---
सर्लाही ,चैत १७
सर्लाहीको हरिवनमा रहेको बागमती सेवा समाज नेपालले मंगलबार लालबन्दीमा एकदिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरि वैदेशिक रोजगारको क्षेत्रमा गरिरहेको कामको बारेमा संचारकर्मीहरुलाई जानकारी गराएको छ ।
संस्थाले विभिन्न राष्ट्रिय तथा स्थानीय संचार संस्थामा कार्यरत जिल्लाका सकृय संचारकर्मीहरुलाई लालबन्दी नगरपालिका स्थित नमस्ते होटलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि सुरक्षित आप्रवासन परियोजना (सामी) को बारेमा जानकारी गराएको हो ।संस्थाले नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौतामा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहल बमोजिम श्रम,रोजगार तथा हेल्भेटास नेपालको प्रविधिक सहयोगमा जिल्लाको सदरमुकाम मलंगवामा जिल्ला प्रशासन , हरिवन र बरहथवा नगरपालिकामा इलाका प्रशासन तथा चन्द्रनगर गाउँपालिका सँग समन्वय गरी सूचना केन्द्र संचालन गरिरहेको छ ।
![]() |
कार्यक्रममा सहभागी संचारकर्मीहरु |
ती सूचना केन्द्रहरुबाट राहदानी बनाउन आउनेहरुलाई वैदेशिक रोजगारमा जाँदा अपनाउनु पर्ने सावधानी, सुरक्षितसँग जाने प्रक्रिया लगायतको बारेमा जानकारी प्रदान गर्दै आएको छ । ती सूचना केन्द्रहरुबाट गत साउनदेखि पुस मसान्तसम्ममा राहदानी बनाएका २ हजार ९२६ जनामध्ये २ हजार २१८ जनाले सुरक्षित वैदेशिक रोजगारीको बारेमा सूचना लिइसकेको परियोजनाकी कार्यक्रम संयोजक देविका कार्कीले जानकारी दिईन् ।
कार्यक्रममा परियोजना संयोजक कार्की र दिवाकार झाले संचारकर्मीहरुलाई संयुक्तरूपमा परियोजनाका कामहरुको बारेमा जानकारी गराएका थिए । संस्थाले सूचना केन्द्र संचालन गर्नुका साथै सामी परियोजना अन्तर्गत वित्तीय साक्षरता कक्षा संचालन, व्यक्तिगत तथा सामूहिक मनोसामाजिक परामर्श उपलब्ध गराउने साथै तरकारी खेती तथा विभिन्न व्यापार व्यवसायका लागि आर्थिक सहयोग गर्ने जस्ता कामहरु पनि गर्दै आइरहेकोको झाले जनाएको छ
Friday, March 26, 2021
सर्लाही क्याम्पस इकाई कमिटीले होली मनाए
राजिव साह-
सर्लाही , चैत १३
अखिल नेपाल राष्ट्रीय स्वतन्त्र बिद्यार्थी युनियन द्वारा
हिन्दुहरुको महान चाडपर्व होली फागु पुर्णिामा विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
शुक्रबार बिहान सर्लाही क्याम्पस कमिटी उपाध्यक्ष धर्मेन्द्र यादवको अध्यक्षता तथा अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष समिम बाबु खानको प्रमुख आतिथ्यतामा कार्यक्रममा सरोज चौधरी ,सुबाश यादब,अरबिन्द यादब लगयतको सहभागीता रहेको थियो ।
सर्लाही क्याम्पसमा गरिएको कार्यक्रममा विद्यार्थी शिक्षकले एक आपसमा शुभकामनाका आदानप्रदान गर्नुको साथै बिद्यार्थीहरुले एक आपसमा रङ अबिर डलेर कार्यक्रम सम्पन्न गरेको अखिल नेपाल राष्ट्रीय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियु केन्द्रिय सदस्य एवं कार्यक्रमका विशिष्ट अतिथि अमित चौधरीले जानकारी गराएका दिएका छन् ।
सर्लाहीका विभिन्न विद्यालय र क्याम्पसका विद्यार्थीहरुले आज एक आपसमा अबिर दलेर होली मनाएका छन् ।
भोलीदेखि विद्यालय तथा क्याम्पसहरु बन्द हुने भएकाले जिल्लाका विद्यार्थीहरुले भने शुक्रबार स्कुल कलेजमा होली मनाएका हुन् ।
यो वर्ष चैत १५ गते पहाडी भेगमा र त्यसको भोलीपल्ट तराई क्षेत्रमा होली मनाइँदै छ । सर्लाहीमा भने दुवै दिन यो पर्व मनाउने गरिन्छ ।
नवआगन्तुक सर्लाहीका प्रजिअ हेमराज तामाङलाई उवासंघ मलंगवाले गर्यो स्वागत
मनोज यादव---
सर्लाही ,चैत १३
सर्लाहीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी हेमराज तामाङलाई आज(शुक्रवार) उद्योग वाणिज्य संघ मलंगवाले स्वागत गरेको छ । हालै मात्र सर्लाही जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी लिएर आएका तामाङलाई सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित उद्योग वाणिज्य संघको रंगलाल स्मृति भवनमा एक कार्यक्रमको आयोजना गरि स्वागत तथा परिचय गरेको हो ।
प्रजिअ तामाङलाई संघका अध्यक्ष विरेन्द्र साह लगायतका पदाधिकारीहरुले माल,अबिर र मधेशको पहिचान गमछा ओढार स्वागत गरेका थिए । स्वागतपछि बोल्दै प्रजिअ तामाङले आफू प्रमुख जिल्ला अधिकारीका रुपमा पहिलोपटक जिल्लामा आएको हुँदा प्रभावकारी रुपमा शान्तिसुरक्षाको प्रत्याभूति गराउने बताए ।
उनले आम जिल्लावासीको जिउधनको सुरक्षाका साथै समाजमा अमनचयन कायम गराउने आफ्नो मुख्य जिम्मेवारी रहने बताउँदै निर्धक्क भएर कानुनको परिपालना गरी व्यापार व्यवसाय संचालन गर्न उद्योगी व्यापारीलाई आग्रह गरेका छन् । नियम पुर्वक कानुनको परिपालन गर्दै व्यापार व्यवसाय संचालन गरिरहेको अवस्थामा यदि कसैले धाकधम्की दिइरहेको छ भने गोप्यरुपमा सोको जानकारी गराउन उहाँले भन्नु भयो ।साथै त्यस्ता ब्यक्तिलाई कडा कार्यवाही गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा संघका पदाधिकारीहरुले उद्योग ,व्यापार व्यवसाय संचालनको क्रममा आएका र आउन सक्ने सम्भावित समस्याहरुको बारेमा प्रजिअ तामाङलाई अवगत गराएका थिए ।उहाँबाट जिल्लाबासी,नगरबासी ,व्यापारी लगायतकाहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउन जस्तो सुकै बाधा अवरोधको सामना गर्न आफु तयार रहेकोले आ-आफ्नो कारोबार नियम कानुनको परिधिभित्र रहेर निर्धक्कका साथ गर्न आश्वासन पाए पछि संघका पदाधिकारीहरुले धन्यवाद दिएका थिए ।
कार्यक्रममा उपस्थित संघका पदाधिकारी तथा अतिथिहरु एकअर्कालाई अबिरको टीका लगाएर आउँदै गरेको होली पर्वको शुभकामना आदानप्रदान समेत गरेका थिए ।
मलंगवामा टाउको काटेर हत्या गरेको आरोपमा एक नेपाली र एक भारतिय नागरिक पक्राउ
"आर्थिक लेनदेन र आरोपितको छोरीहरुलाई ‘गलत नजर’ लगाएको प्रहरीको प्रारम्भिक अनुसंधानमा खुलेको छ"
लोकतन्त्र समाचारदाता---
सर्लाही ,चैत १३
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-९ स्थित टावर चौक नजिक पचगछिया चौरीमा टाउको काटेर बीभत्स ढंगले हत्या गरिएको मलंगवा नपा -१० का ३० वर्षीय सुशील रायको हत्याको आरोपमा प्रहरीले दुइजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मलंगवा नपा-९ बस्ने ४५ वर्षीय कमल पण्डित उर्फ विमलकान्त पाठक र ४० वर्षीय अशोक झा रहेका छन् ।आरोपित झा भारतिय नागरिक हुन ।
वुधवार रातीदेखि बेपत्ता रहेका सुशीलको शव बिहिवार बिहान टाउको काटेर हत्या गरिएको अवस्थामा मलंगवा-९ स्थित खेतमा फेला परेको थियो ।
प्रहरीका अनुसार भारतीय नागरिक अशोक लामो सयमदेखि मलंगवामा बस्दै आएका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा मृतक र आरोपी लागू औषध प्रयोगकर्ता भएको पाइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताए । बुधवार साँझ उनीहरु सँगै बसेर लागूऔषध सेवन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । कमल र मृतकको आर्थिक लेनदेन रहेको र आफ्ना छोरीहरुलाई ‘गलत नजर’ लगाएको आरोपमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । कमलका चारजना छोरीहरु छन् ।
मृतक सुशीलको शरीर र टाउको बेग्लाबेग्लै स्थानमा फेला परेको थियो । शरीर भेटिएको ठाउँ भन्दा करिव ६१ मिटर पूर्व टाउको भेटिएको प्रहरीले जनाएको छ ।
मृतकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम पछि बिहिवार रातीनै आफन्तले बुझेर लगिसकेको प्रहरीले जनाएको छ ।
होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनद्वारा ६ महिनासम्म जेल
file phoहोली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने भएको छ ।
सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले बताए । यसअघि नै गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले फागु पूर्णिमामा भीडभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरिसकेको छ । ‘भीडभाड गरेमा प्रहरीले कारवाही गर्छ,’ सह–सचिव बुढाले भने, ‘सार्वजनिक ठाउँमा कार्यक्रम आयोजना गरेमा आयोजकलाई पक्राउ गरेर कारवाही गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छौँ ।’ स्वतस्फूर्त मानिस निस्केर भीड भएमा उनीहरुलाई सम्झाइ बुझाइ गर्न गृहको निर्देशन छ । तर, कार्यक्रम आयोजना गर्नेलाई चाहिँ संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गरिने भएको छ । संक्रामक रोग ऐन–०२० अनुसार आदेश अवहेलना गरेमा १ महिना कैद र १०० रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । सो ऐनले सरकारको काममा बाधा पुर्याउनेलाई ६ महिना कैद वा ७० हजार जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।
Thursday, March 25, 2021
मलंगवा नगरपालिकाको साझेदारीमा सामी अन्तर्गत कार्यक्रमको अनुगमन गरियो
राजिव साह---
सर्लाही, चैत्र १३
---सुरक्षित आप्रवासन परियोजनाको अनुगमन ---
नेपाल सरकार र स्विजरल्याण्ड सरकारको द्विपक्षीय सम्झौता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नितिगत पहल सामी हेल्भेटास प्राबिधिक सहयोगमा मलंगवा नगरपालिकाको नेतृत्वमा बागमती सेवा समाज नेपाल द्वारा संचालित सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत कार्यक्रमको अनुगमन गरेको छ । मलंगवा नगरपालिका प्रमुख निरसल साहको अध्यक्षतामा अन्तक्रिर्या कार्यक्रम पनि सम्पन्न गरेको छ ।मलंगवा नगरपालिकाका ६,११ र १२ वार्डमा कार्यक्रमको अनुगमन गरेको हो । बागमती सेवा समाज नेपाल द्वारा संचालित सुरक्षित आप्रवासन केन्द्र सामी परियोजना मार्फत वितिय कक्षा संचालन गरेर युवाहरुलाई माछा पालन र हास पालन व्यवसायमा लागेका छन् । सेवाग्राहीलाई एजेन्टले ठग्ने गरेकोले यस्ता एजेन्ट्लाई कार्वाही गर्नुको साथै जिल्लालाई ठगी मुक्त घोषणा गर्ने कार्यक्रममा मन्तव्य राख्दै, प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताउनुभयो । यसैगरी जिल्लामा सुरक्षित यात्रालाई मर्यादित व्यवस्थित बनाउन सुरक्षित आप्रवासन परियोजना सामीले गरेको काम लाभदायक र युवाहरुलाई आत्मनिर्भर बनाउने योजना सफल रहेकोमा नगर प्रमुख निरसल साहले धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपमेयर शान्ति सबनम मिकरानी,प्रसासकिय अधिकृत होमनाथ सुवेदी , हेल्भेटास प्रदेश संयोजक बिजय ठाकुर, दिवाकर झा, नगपालिकाका वडा अध्यक्ष र सेवाग्राहीहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक देबिका कार्कीले जानकारी दिनुभयो । यसैगरी सुरक्षित आप्रवासन परियोजना सामीले अर्ध वाषिर्क प्रगति प्रतिवेदन अनुसार स्रावन देखी पुस सम्म आप्रवासी स्रोत केन्द्रबाट मलङ्वा नपाबाट मात्र १ हजार ७५ जनालाई सूचना प्रदान गरेको छ ।
हरिपुर्वा नगरपालिकाबाट विद्युत चुहावट गर्ने १२ जना नियन्त्रणमा
---होली पछि पुनः अभियानलाई निरन्तरता दिइने---
मनोज यादव---
सर्लाही ,चैत १२
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाले सुरु गरेको विद्युत चुहावट नियन्त्रण अभियान अन्तर्गत पाँचौ दिन बिहिवार सर्लाहीको हरिपुर्वा नगरपालिकाबाट १२ जना ब्यक्तिलाई नियन्त्रणमा लिएर जरिवाना तिराइ छाडेको छ ।
जिल्लामा भइरहेको बिधुत चोरी नियन्त्रण गर्ने उद्देश्यले मलंगवा वितरण केन्द्रले गत आइतबार बाट सुरु गरेको अभियान अन्तर्गत उनीहरूलाई गाउँबाटै नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएकाहरुलाई एकपटकको लागि जनही ११ हजार रुपैया जरिवाना तिराइ छाडेको वितरण केन्द्र मलंगवाका उप प्रबन्धक बिनोद यादवले जानकारी गराउनुभयो ।
उपप्रबन्धक यादवका अनुसार बिहान ४ बजे वितरण केन्द्रबाट इन्जिनियर रामानन्द सिंहको नेतृत्वमा गएका प्राधिकरणका कर्मचारी , नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले हरिपुर्वा नगरपालिका अन्तर्गतका गाउँहरुबाट १२ जनालाई पोलबाट हुकिङ्ग गरि बिजुली चोरी गरिरहेको अवस्थामा घरबाटै नियन्त्रणमा लिएको हो ।
होली पर्व परेकोले होली पछि पुनः यो अभियानलाई जारी राख्ने वितरण केन्द्र मलंगवाले जानकारी गराएको छ। वितरण केन्द्र अन्तर्गत पर्ने सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका सहित हरिपुर्वा ,कबिलासी,गोडैता, बलरा नगरपालिका तथा पर्सा , कौडेना,रामनगर,चक्रघट्टा,चन्द्रनगर, ब्रह्मपुरी , विष्णु गाउँपालिकामा निरन्तर चलिरहने उप प्रबन्धक यादवले जानकारी दिए ।
लागुऔषध गाँजा र अटोसहित ३ जना प्रहरीको नियन्त्रणमा
लोकतन्त्र समाचारदाता---
सर्लाही ,चैत १२
सर्लाहीको लालबन्दी नगरपालिका वडा न-७ बाट बुधबार राती प्रहरीले १५ किलो लागूऔषध गाँजासहित ३ जनालाइ पक्राउ गरेकाे छ ।
विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लालबन्दी न.पा वडा न-७ स्थित ना २ ह ५९३६ नम्बरको अटोको सिटमुनी लुकाइराखेको १५ किलो लागुऔषध गाँजा बरामद गरेको सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ । अटो चालक लालबन्दी नपा-११ बस्ने वर्ष ४७ को सोमबहादुर स्याङतान(लामा)लाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त गाँजा इश्वरपुर नपा-८ बस्ने वर्ष ३२ को रामविश्वास राउत र महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा न-४ बस्ने वर्ष ३३ को रमाशंकर राउतलाई दिनको लागि ल्याएको बताएपछि निजहरुको खोजतलासी गर्दै जाने क्रममा कालिन्जोर खोला स्थितबाट BR30 T 0103 नम्बरको मोटरसाइकल सहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता कुवँरले जानकारी दिए ।
बरामद १५ किलो लागुऔषध गाँजा र अटोसहित पक्राउ तीनैजनालाई आवश्यक कार्यवाहीको लागि इप्रका लालबन्दीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
मलंगवा वडा न-९ स्थित एक कुखुरा फारममा आगलागी
लोकतन्त्र समाचारदाता---
सर्लाही ,चैत १२
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-९ स्थित स्थानीय राम विलास यादवले संचालन गरेको कुखुरा फारममा बुधबार राती आगलागी भएको छ ।
राती करिब ९ बजेको समयमा बाँस र खरको अस्थाई फुसको टहरा बनाई संचालन गरेको उक्त फारममा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । उक्त कुखुरा फारम खाली रहेकोले आगलागीबाट टहरा आंशिक रुपमा जल्दा अन्दाजी ५०-६० हजार रुपैया बराबरको क्षति भएको अनुमान गरीएको छ । उक्त आगलागी जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी निरिक्षक कृष्ण गिरीको कमाण्डमा गएको टोली, स्थानीयबासी र दमकलको सजयोगमा एक घण्टा पछी नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।
आ-आफ्नै घरमा बसेर होली मनाउन जिल्ला प्रशासनको आग्रह
लोकतन्त्र समाचारदाता---
सर्लाही ,चेैत १२
पुनः बढ्दै गरेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सर्लाहीमा जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बसेको बैठकबाट नेपाल भारत सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन साथै आ-आफ्नै घरमा बसेर होली पर्व मनाउन निर्णय भएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिएको छ ।

