Tuesday, March 2, 2021

नेपाल प्रहरी अस्पताल महाराजगन्जको सहयोगमा सर्लाहीको बलरामा दुइदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न



सर्लाही ,फाल्गुन १८

    नेपाल प्रहरी अस्पताल महाराजगन्ज ,काठमाडौको आयोजना तथा २ न.प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीको समन्वयमा सर्लाहीको बलरा नगरपालिकामा  दुइदिने निशुल्क स्वास्थ्य शिविर गरेको छ।वडा न-७ डुमरिया स्थित स्वास्थ चौकीको परिसरमा भएको स्वास्थ्य शिविरमा महिला ,बालबालिका र जेष्ठ नागरिकलाई लक्षित गरि स्त्री तथा प्रसूति ,बालरोग ,हाडजोर्नी ,दाँत  सम्बन्धी उपचार सेवा निशुल्क प्रदान गरिएको थियो।

   शिविर मार्फत ५ सय बढी सर्वसाधारणहरुले स्वास्थ्य सेवा लिएको जिप्रका सर्लाहीले जनाएको छ ।

    आइतवार नगर प्रमुख अभय कुमार सिंहले उद्घाटन गर्नु भएको शिविरमा प्रहरी अस्पताल प्रमुख  प्रा.प.अ.म.नि.डा आशा सिंहको नेतृत्वमा २५ जनाको चिकित्सक टोलीले सेवा प्रदान गरेका थिए । कार्यक्रममा २ न.प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरिक्षक धिरज प्रताप सिंह  सर्लाही प्रहरी प्रमुख सन्तोष सिंह राठौरको उपस्थिति रहेको जिप्रका सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी मदन कुवरले जानकारी दिए   ।

No comments:

Post a Comment