Thursday, March 4, 2021

सशस्त्र प्रहरी नायव महानिरीक्षक गौतमले गरे बिओपी मलंगवाको उद्घाटन

  

सर्लाही ,फाल्गु

न १९

   नेपाल भारत सिमावर्ती सर्लाहीको सदरमुकाम मलंगवामा  सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरिएको छ।

    वडा न–९ स्थित दुरसंचार संस्थानको हाताभित्र कार्यालय रहने गरि स्थापना भएको उक्त बिओपीको आज बिहान (बुधबार)एक कार्यक्रमका बिच प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्र प्रकाश गौतमले उद्घाटन गर्नु भएको हो ।यस बिओपीबाट मलंगवा नगरपालिकाका १,२,३,४,८,९,१०,११,१२ र कबिलासी नपाको वडा न ९ र १० मा शान्ति सुरक्षा कायम गर्न सहज हुने जनाइएको छ ।यसले मझौला सीमा स्तम्भ न. ३२४/८ देखि ठुलो सीमा स्तम्भ न.३२७ सम्म अन्दाजी ४.५ किलोमिटर सीम इलाकाको सुरक्षा गर्ने छ ।

     कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी  ,सर्लाहीका  सशस्त्र प्रहरी प्रमुख गंगाराम श्रेष्ठ , मलंगवा नपा प्रमुख निरसल साह,उपप्रमुख शान्ति सबनम मिकानी,सर्लाही प्रहरी प्रमुख ,सेना प्रमुख ,अनुसंधान प्रमुख , विभिन्न राजनैतिक दलका प्रतिनिधि ,स्थानीय समाजसेवी ,पत्रकार ,विभिन्न दर्जाका सशस्त्र प्रहरीहरु लगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment