Sunday, March 7, 2021

लालबन्दीबाट हराइरहेकी दुई बालिका फेलापरी सकुशल आफन्तको जिम्मा लगाइयो

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन २३

    गत बिहिवार साँझदेखि सर्लाहीको लालबन्दी  नगरपालिका वडा न-१३बाट हराइरहेका दुई बालिका शुक्रवार दिउँसो हरिवन नपा-३ मोहनपुरबाट फेलापरेका छन् ।उनीहरुलाई स्थानीय दिनेश भुजेलले बाटोबाट फेलापारी आफ्नो घरमा राखेका थिए ।

    लालबन्दी नपा-१४ घरभई हाल वडा न-१३ गैर्ही टोल स्थित मामा घरमा पढाइकोलागि  बस्दै आएका सोमबहादुर थोकरकी ८ र ६ वर्षकी छोरी संगिता र सरिता थोकर साँझ ४ बजे स्कुलबाट  फर्किने क्रममा बाटोबाट हराएका थिए ।   हराएका ती बालिकाहरुलाई मोहनपुर निवासी भुजेलले फेला पारी आफ्नो घरमा राखी निजका हजुरआमालाई फोन मार्फत जानकारी गराइ प्रहरी चौकी पत्थरकोटमा झिकाइ सकुशल निजका बुवा सोमबहादुर थोकरको जिम्मा लगाएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।

   बिहिवार साँझ ४ बजेदेखि बालिका हराएपछि खोज तलास गर्दा समेत फेला नपारेपछि निजका मामाले राती साढे ९ बजे तिर खोज तलास गरिपाउँ भन्दै प्रहरी चौकी पत्थरकोटमा मौखिक जानकारी गराएका थिए


No comments:

Post a Comment