Wednesday, March 31, 2021

मलंगवामा टाउको काटेर हत्या गरेको आरोपमा पक्राउ परेका एक नेपाली बाबा र एक भारतिय नागरिक सार्वजनिक

 


 --- "आर्थिक लेनदेन,घरायसी झगडा र चोरीको आरोपमा हत्या गरिएको आरोपीहरुको बयान--- 

पक्राउ परेका हत्यारा


   लोकतन्त्र समाचारदाता ----

सर्लाही ,चैत १८

    सर्लाहीको सदरमुकाम मलंगवा स्थित एक खेतमा गत चैत ११ गते राति  घाँटी छिनालेर हत्या गरि फालिएको मलंगवा वडा न-१० बस्ने नागेश्वर यादवका छोरा २५ वर्षीय सुशील कुमार यादवको हत्यारालाई प्रहरीले आज(बुधबार)  सार्वजनिक गरेको छ ।आज दिउँसो जिल्ला  प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन गरि वडा न-१० बस्ने वर्ष ४५ को बाबा विमलकान्त पाठक र निजको भान्जा भारतको विहार राज्य सितामढी जिल्ला बथनाहा थाना, मझौलियास्टेट वडा न-१० बस्ने वर्ष ४१ को अशोक झालाई हत्यामा प्रयोग भएका हतियार सहित सार्वजनिक गरिएको छ ।उनीहरुलाई मलंगवा स्थित मालपोत  कार्यालय क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जनाएको छ ।

हत्यामा प्रयोग भएका सामाग्री 


      प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरका अनुसार मृतक सुशीलका भाई ११ वर्षीय शिवम यादवको बयान र काकी शोभा देवीले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरूलाई घटनाको भोली पल्ट शव बरामद भएकै दिन नियन्त्रणमा लिएर  सातदिनको म्याद थप गराइ अनुसंधान अगाडि बढाएको थियो ।

    अनुसंधानको क्रममा प्रतिवादी बाबा विमलकान्तले मृतक सुशीलले ६ महिना अगाडि आफ्नो घरमा चोरी गरेको र पुनः  वारदात भन्दा केहीदिन अगाडि घर अगाडिबाट पानी तान्ने मोटर र जुत्ता चोरेको र उनीहरु बिच आर्थिक लेनदेन तथा घरायसी कारणले पटकपटक झै-झगडा, विवाद समेत हुँदै आएकोले निज सुशीलले आफुलाई मार्न सक्छ भन्ने डरले मौका मिलाएर निजलाईनै मार्ने पुर्व योजना अनुसार भारतिय नागरिक आफ्नो भान्जा सँग मिलेर  हत्या गरेको प्रहरी समक्ष उनीहरुले स्विकारेको प्रवक्ता कुवँरले बताएको छ ।भारतीय नागरिक अशोक लामो सयमदेखि मलंगवामै बस्दै आएका थिए ।

       मृतक सुशिलको चैत ११ गते बुधबारका दिन राति ११ बजे मलंगवा नगरपालिका वडा न-९ स्थित टावर चौक नजिक पचगछिया चौरी भन्ने ठाउँमा टाउको काटेर बीभत्स ढंगले  हत्या गरिएको थियो ।

    वुधवार रातीदेखि बेपत्ता रहेका सुशीलको शव  बिहिवार बिहान टाउको काटेर हत्या गरिएको अवस्थामा स्थानीयहरुले फेला परेका थिए । मृतकको शरीर र टाउको बेग्लाबेग्लै स्थानमा फेला परेको थियो । शरीर भेटिएको ठाउँ भन्दा करिव ६१ मिटर पूर्व टाउको भेटिएको प्रहरीले जनाएको छ ।

    मृतक र आरोपी लागुऔषध प्रयोगकर्ता रहेका छन् ।

No comments:

Post a Comment